Wednesday, November 25, 2009
नेपालमा फुटबलभन्दा क्रिकेट लोकप्रिय : डायस
सन् २००२ मा न्युजिल्यान्डमा भएको १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो। प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुग्ने क्रममा नेपालले पाकिस्तान र बंगलादेशजस्ता टेस्ट स्तरप्राप्त राष्ट्रलाई पराजित गरेको थियो। फाइनलमा भने नेपाल जिम्बाबेबाट पराजित भएको थियो।त्यसबाहेक नेपाल कराँचीमा सम्पन्न एसिसी युथ एसिया कप जितेर सन् २००४ को युवा विश्वकपका लागि छनोट भएको थियो। त्यस्तै सन् २००६ मा श्रीलंकामा भएको युवा विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियनसिप उपाधि जितेको थियो।'हामीले १५ र १७ वर्षभन्दा कम उमेरका खेलाडीको प्रतियोगिता लगातार चार पटक जित्नुका साथै चार वटै युवा विश्वकप (१९ वर्षमुनि) मा छनोट भएर तीन पटक प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुगेका थियौं,' प्राविधिक रूपमा सटिक मानिएका ब्याट्सम्यानमध्येका ५७ वर्षीय डायसले भने।श्रीलंकाले दिएको उत्कृष्ट कभर क्षेत्रका क्षेत्ररक्षक डायसले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा क्रिकेट अस्ट्रेलिया लेभल प्रशिक्षकमा छनोट हुनुका साथै इङ्लिस बोर्डको चौथो स्तर पनि पार गरेका छन्।तर डायसले जुनियर स्तरको सफलता राष्ट्रिय स्तरमा परिणत गर्न सकेका छैनन्। यसका लागि उनी नियमित प्रतियोगिता र भौतिक पूर्वाधारको कमी मुख्य कारक बताउँछन्।'नेपालमा प्रतिभाको कमी छैन। तर त्यहाँ स्कुल क्रिकेट छैन भने क्लब क्रिकेटको पनि पर्याप्त मात्रामा अभाव छ। त्यहाँ क्रिकेटका लागि ६ वटा क्षेत्रको निर्धारण गरिएको छ। प्रत्येक राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट मैले प्रशिक्षण सिविरका लागि लगभग ३० खेलाडी छनोट गर्ने गर्छु। त्यहीबाट १४ जनाको छनोट हुन्छ,' पाँच वर्षसम्म श्रीलंकाको राष्ट्रिय छनोट समितिमा रहेका डायसले भने।'हामीसँग प्रशिक्षण सुविधा भएको एउटा मैदान छ। मुख्य कुरा नेपालमा ठूलो स्तरको प्रतियोगिता छैन। क्रिकेट विकासका लागि उनीहरूले बाहिर गएर धेरै खेलको अनुभव लिनुपर्छ। उनीहरूलाई 'एक्सपोजर' को खाँचो छ,' उनले भने।कुनै पनि भ्रमणअघि श्रलिंका, भारत, पाकिस्तान र बंगलादेशले सहयोग पुर्याउँदै आएका छन्। यस प्रतियोगिताअघि पनि नेपाली टोलीलाई दिल्ली क्रिकेट संघले निम्त्याएको थियो।पछिल्लो २० वर्षदेखि कोलम्बोमा आफ्नै क्रिकेट स्कूल सञ्चालन गर्दै आएका डायसले आगामी मार्चमा आफ्नो अनुबन्धन समाप्तिपछि आफ्नै भूमिमा फर्कने बताए।'म श्रीलंका फर्कन चाहन्छु। त्यहीं मैले क्रिकेट सिकेर प्रशिक्षण दिन थालेको हुँ। यदि श्रीलंकालाई मेरो आवश्यकता भए म निश्चित रूपमा त्यहाँ हुनेछु,' सन् १९९९ को विश्वकपका लागि श्रीलंकाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका डायसले भने।डायस टेस्ट क्रिकेटले ट्वान्टी-२० स्वरुपको चुनौतीलाई सामना गर्ने बताउँछन्। 'परम्परा भनेको टेस्ट क्रिकेट हो। त्यसपछि एकदिने क्रिकेट हो। ट्वान्टी-२० त दर्शक र प्रायोजकलाई आकर्षित गर्न हो,' डायसले भने।'ट्वान्टी-२० मा नयाँ शैलीको शट खोज्नुपर्छ। त्यसमा रनरहित बल निकै कम हुन्छ। टेस्ट क्रिकेटमा भने निकै फरक हुन्छ। खराब बल खेल्नका लागि कतिपय बल छाड्नुपर्छ।'शारजहाँ क्रिकेट रंगशालामा डायसको सुखद सम्झना छ। सन् १९८४ मा पाकिस्तानविरुद्ध अविजित ६९ रन हिर्काएका उनी म्यान अफ द म्याच भएका थिए। उनले आफ्नो खेलजीवनको उत्कृष्ट प्रदर्शनका रूपमा तीन वटा सतकलाई लिएका छन्। जुन भारत, पाकिस्तान र न्युजिल्यान्डका उत्कृष्ट बलरविरुद्ध खेल्दै बनाएका थिए। 'मैले सम्झने अर्को इनिङ भनेको चेन्नईमा भएको श्रीलंकाको दोस्रो टेस्ट हो, जसमा मैले ९७ रन बनाएको थिएँ,' डायसले सम्भि्कए।'तुलना गर्न निकै कठिन हुन्छ। किनभने हामीले सुरु गर्दा टेस्ट म्याचहरू कम हुने गर्थे। अहिले भने निकै बढी क्रिकेट भइरहेको छ। यो एक दिनका लागि त ठिकै हो, तर कहिलेसम्म भन्ने प्रश्न छ,' डायसले भने। उनले जम्मा २० टेस्टमा श्रीलंकाको प्रतिनिधित्व गरे पनि ३९ वर्षको उमेरसम्म खेलेका थिए।
Wednesday, September 23, 2009
एमालेद्धारा दलहरुसग वार्ता गर्न वार्ता टोली गठन
असोज २१ गतेसम्म सहमती नभए सरकार ढल्छ प्रचण्ड
अव लडाईको थलो काठमाण्डौ वावुराम
सविधान निमार्ण मुख्य एजेण्डा खनाल
शान्ति सेनालाई निरन्तरता दिने नेपालको प्रतिबद्धता
Sunday, September 20, 2009
सेनाले सदवै नागरिक सर्वोच्चताको सम्ान गरेको छ ः- प्रधानमन्त्री
द्धन्द्ध पिडितहरुलाई क्षतिपुर्ती दिने मन्त्री परिषदको निर्णय
काठमाण्डौ ४, असोज, सरकारले माओवादी शशस्त्र द्धन्द्धका पिडितहरुलाई क्षतिपुर्ती दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवारमा आज वसेको मन्त्री परिषद वैठकले द्धन्द्धकालमा क्षती भएको निजि सम्पत्तिको क्षतिपुर्ती दिने निर्णय गरेको छ । क्षतीको मुल्यांकन गरि सिफारिस गर्न शान्ति मन्त्रीको सयोजकत्वमा ६ सदस्यीय समिती गठन गरेको संाचार मन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । वैठकले मधेश आन्दोलनका क्रममा घाईते भएकाहरुलाई उचित क्षतीपुर्ती दिने निर्णय गरेको मन्त्री पाखरेलले वताउनु भयो । यसैगरी मन्त्री परिषद वैठकले पत्रकारहरु ऋषी धमला रामसुभक महतो र विरेन्द्र केएमको मुद्धा पनि फिर्ता लिने निर्णय गरेको छ । भुमिगत संगठन रणविर सेनासग आवद्ध रहेको भन्दै माओवादी नेतृत्वको सरकारले उनिहरु विरुद्ध सार्वजनिक अपराध अन्तगर्त मुद्धा चलाएको थियो । मन्त्री परिषदको वैठकले नया ढङ्गबाट अगाडी जाने भन्दै मुलुक भर रहेका अस्पतालहरुको समिती विघटन गर्ने तथा राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव नम्वर १ २ ३ ५ र ८ को कार्यान्वयन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ
कुनै सम्झौता हदैन ः- प्रचण्ड
Friday, September 18, 2009
समाजमा पर्नस्थापनाका लागि तयार रहन अयोग्य जनसेनाहरुलाई प्रचण्डको निर्देशन
दशै-तिहारपछि निर्णायक आन्दोलन ःप्रचण्ड
चितवन, असोज २, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै-तिहारपछि निर्णायक आन्दोलन गर्ने उद्घोष गर्नु भएको छ । चितवनको नारायणगढस्थीत क्याम्प चौरमा आज आयोजित जनसभालाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले दशै-तिहारपछि गरिने निर्णयक आन्दोलन गरिने भन्दै त्यसका लागि तयार रहन चितवनवासीलाई आग्रह गर्नु भयो । अवकेा आन्दोलन विद्रोहको आन्दोलन हुने भन्दै उहांले भन्नुभयो ः- दशैपछि निर्णयक आन्दोलन हुन्छ जुन विद्रोहको आन्दोलन हुनेछ । नागरिक सर्वोच्चताका लागि माओवादीको नेतृत्वमा हुने अवको जनविद्रोह संसारकै लागि आश्चर्यजनक हुने उहांको भनाई थियो । अहिलेको आन्दोलन ट्रलर मात्र भएको भन्दै उहांले भन्नुभयो ः- जनताले पुरै जित्ने दिन नजिक आउदैछ त्यो दिन फटाहहरुले परै हार्ने दिन हुनेछ । संविधान निर्माणको नेतृत्व माओवादीलाई नदिई जनविद्रोह मार्फंत सत्ता आफ्नो हातमा लिई जनताले दिएको संविधान निर्माणको म्यान्डेट पुरा गर्ने उहांले बताउनु भयो । हारेकाहरुले देश चलाउनु भनेको उल्टो गंगा वग्नु भएको भन्दै उहांले जनताको सर्वोच्चताका लागि राजिनामा दिन प्रधानमन्त्री माधवक्रमार नेपाललाई आग्रह गर्न भयो ।
एसएलसी परक परिक्षाको नतिजा प्रकाशित
Sunday, September 13, 2009
सर्वोच्च होइन उपराष्ट्रपती पुर्वाग्रही ः- प्रधानन्याधिस
माओवादी समक्ष काग्रेसको पाँच विकल्प
Monday, September 7, 2009
पराष्ट्रपतीको सेवा सुविधा फिर्ता लिएकोमा सत्तारुढ मधेसवादी ३ दलको आपत्ति
Thursday, September 3, 2009
१३ वटा स्वायत्त प्रदेश र ४ वटा केन्द्र शासित क्षेत्र सहित १७ राज्यको प्रस्ताव
वैठकले माघ १५ मा हुने महाधिवेशनको तयारी तिव्र पार्ने निर्णय गरेको छ । वैठकले पार्टी सदस्यता आजवाट वितरण नगर्ने तथा कार्तिक १५ सतेवाट कि्रयाििसल सदस्यता नविकरण थाल्ने निर्णय पनि गरेको उपाध्यक्ष डाक्टर वावुराम भट्टराईले जानकारी दिनुभयो । वैठकले १५ वुदे आचार सहिता पुर्ण पालना गर्न तथा असौजसम्ममा सम्पती विवरण वुझाउन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएको छ ।
Wednesday, September 2, 2009
देशभरका स्वास्थ्य संस्थाका सेवा ठप्प
छैठौ पटक मन्त्री मण्डल विस्तार
राजकुमार श्रेष्ठ, काठमाण्डौ, भदौ १७,
आज छैठौ पटक मन्त्री मण्डल विस्तार भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री ६ राज्य मन्त्री र १ सहायम मन्त्री थपेर मन्त्री मण्डल गर्नुभएको छ . अव मन्त्री मण्डल ४२ सदस्यीय भएको छ तर सरकार गठन भएको सय दिन पुगेपनि सरकारले अझै पुर्णता पाउन सकेको छैन . प्रधानमन्त्री नेपालले आज महिला वालवालिका तथा समाज कल्याण मन्त्रीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकवाट सर्वदेव ओझा र सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलाई विना विभागिय मन्त्रीमा नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्धयले आजै राष्ट्रपती कार्यालय सितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री नेपाल समक्ष सपथ लिनु भएको छ । वालवालिका मन्त्री ओझाले नेपालीमा सपथ लिनु भएको छ भने विना विभागिय मन्त्री कर्णले हिन्दी भाषामा सपथ लिनु भएको छ । प्रधानमन्त्री नेपालले आजै फोरम लोकतान्त्रिकवाट ४ राज्यमन्त्री र १ सहायक मन्त्री सद्भावनावाट १ राज्य मन्त्री र राष्ट्रिय जनशक्ति पार्टीााट १ राज्य मन्त्री नियुक्त गर्नु भएको छ । फोरम लोकतान्त्रिकवाट सत्रुध्ान कोइरी पर्यटन राज्यमन्त्री करिमा वेगम कृषि राज्यमन्त्री सजय शाह भौतिक योजना तथा निमार्ण राज्यमन्त्री र रामवच्चन अहिर महिला तथा बालबालिका राज्य मन्त्रीमा नियुक्त हुन भएको छ । सद्भवनावाट सरोज यादव आपुर्ती राज्यमन्त्रि तथा राष्ट्रिय जनशक्ति पार्टीका इन्द प्रसाद ढुङ्गेललाइ बिज्ञान तथा प्रबिधि राज्य मन्त्रीमा नियुक्त हुनु भएको छ । नवनियुक्त राज्यमन्त्री र सहयक मन्त्रीले आजै राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री नेपाल समक्ष सपथ लिनु भएको छ । यसैगरी फोरम लोकतान्त्रिकवाट कलावती पासवान भौतिक योजना तथा निमार्ण सहायक मन्त्रीमा नियुक्त हनु भएको छ । कसलाई सिफारिस गर्ने भन्ने टुङ्गो लाग्न नसकेपछि तराई मधेश लोकतान्त्रिक पार्टीले भने १ राज्य र १ सहयक मन्त्री सिफारिस गर्न सकेन जेठ ११ गते प्रधानमन्त्रीमा निर्वाचित नेपालले जेठ २१ असार ३ १० र १९ गते तथा साउन १४ गते गरि ५ पटकसम्म मन्त्रीपरिषद बिस्तार गर्नु भएको थियो ।
बाहिरबाट न्यायाधीश ल्याउने प्रावधानले दुर्घटना : कोइराला
Tuesday, September 1, 2009
सविधान ससोधनका लागि सदन सुचारु गर्न मधेशवादी दलहरुले गरेको आग्रह माओवादीद्धारा अस्विकार
उपराष्ट्रपतिको सुविधा खोस्न परामर्श जारी : प्रधानमन्त्री
Monday, August 31, 2009
राजनीतिक दललाई पनि छाड्दीन गृहमन्त्री
सविधान ससोधनको पहल थाल्न मधेशवादी दलहरुको काग्रेसलाई आग्रह
नेपालीमा पुन सपथ नलिनु दुभाग्यपर्ण ः एमाले अध्यक्ष खनाल
उपराष्ट्रपतीले चालेको कदम पं्रशंशायोग्य फोरम अध्यक्ष यादव
राजकुमार श्रेष्ठ, काठमाण्डौ., भदौ १५, मधेशवादी दलहरुले उपराष्ट्रपती सपथ प्रकरण समाधन गर्न तत्काल सविधान ससोधनको पहल थाल्न नेपाली काग्रेसलाई आग्रह गरेका छन् । मधेशवादी दलहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका शिर्ष नेताहरुले आज काग्रेस सभापती गिरिजा प्रसाद कोइरालालाई सविधान ससोधनको पहल थाल्न आग्रह गरेका हुन । मातृ भाषामा सपथ लिन सक्ने गरि सरकारले सदनमा दर्ता गरेको अन्तरिम सविधान ससोधन विधेयक पारित गराउन काग्रेस र एमालेले पहल थाल्नु पर्नेमा जोड दिइएको फोरम लोकतान्त्रिकका अध्यक्ष एव उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जानकारी दिनुभयो । जवाफमा काग्रेस सभापती कोइरालाले भने सदन सुचारुका लागि एकिकृत माओवादीसग छलफल गर्न सुझाव दिनु भएको उांले वताउनु भयो । भेटपछि काग्रेस उपसभापती रामचन्द्र पौडेलले भने सविधान ससोधनका लागि माओवादी वाधक वनेको आरोप लगाउनु भयो । साथै उहाले अन्तरिम सविधान ससोधन लगतै उपराष्ट्रपती परमानन्द झाको सपथ प्रकरण सकिने दावी समेत गर्नु भयो । यसैविच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उपराष्टपति परमानन्द झाले नेपालीमा पुन सपथ नलिनु दुभाग्यपर्ण भएको टिप्पणी गर्नु भएको छ । कोशी अाचल स्थतरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न सुनसरीको धरान जाने क्रममा विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले नेपालीमा पन सपथ नलिदा सरकार नभई उपराष्ट्रपती आफै सकटमा परेको वताउनु भयो । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने भन्दै उहांले भन्नुभयो ः- उहालाइ मेरो अनुरोध छ सर्वोच्चको निर्णय अनुसार पुन सपथ लिनुहोस । माओवादीलाई पाखा लगाएर संविधान नवन्ने भन्दै अध्यक्ष खनालले माओवादीले पनि अन्दोलन रोकेर वार्तामा आउन पर्ने वताउन भयो । तर मधेसी जनअअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालीमा पुन सपथ नलिने उपराष्ट्रपती परमानन्द झाको अडानको स्वागत गर्नु भएको छ । वीरगाजमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भाषिक स्वतन्त्रताका लागि उपराष्ट्रपतीले चालेको कदम पं्रशंशायोग्य भएको वताउन भयो । अन्तिम समयमा आएर मधेशवादी दलहरुले समेत उपराष्ट्रपती झालाई नेपालीमा पुन सपथ लिन आग्रह गरेको भन्दै फोरम अध्यक्ष यादवले भन्नुभयो ः- यो उनिहरुले माधव नेपालले दिएको जागिर वचाउन गरेको प्रयास मात्र थियो । मधेशवादी दल आवद्ध मन्त्री तथा सभासदहरुले पनि हिन्दीमा सपथ खाएको भन्दै उहांले कारवाहि गर्न चनैती दिनुभयो ।
काठमाण्डौदेखी कोपनहेनसम्म आजवाट काठमाण्डौमा
माओवादीको स्थायी समितिको बैठक आज देखि सुरु
Sunday, August 30, 2009
जनसेना हतियार सहित शिविर बाहिर निस्कनुमा कमजोरी भएको अन्मिनद्धारा स्वीकार
नेपाली भाषामा पुन सपथ लिन्न ः- उपराष्ट्रपती झा
मेरो चाहना संक्रमण सकस र समस्यामा परेको मुलुकलाई झन झन समस्या र अपठ्यारोमा पार्नु कदापि होईन । म एउटा जिम्मेवार नागरिक पनि हुँ र समग्र राष्ट्रको प्रतिनिधि पनि । मेरो व्यक्तिगत समस्या मान अपमान प्रहार आघात ठूलो कुरा होईन । मलाई यो राष्ट्रको एकता अखण्डता सार्वभौमिकतामा अक्षुाण आस्था छ रहिरहन्छ । तर मेरो शपथग्रहणको परिपे्रच्छलाई यो मुलुकमा जसरी संङ्कीर्ण स्वार्थसाधनको माध्यम बनाइएको छ र ममाथी जसरी व्यक्तिगत प्रहार पनि भएको र भइरहेका छन् त्यसले मलाइ गहनरुपमा मर्माहत तुल्याएको छ । भाषाका कुरा जाति धर्म र सांस्कृतिका कुरा यो मुलुकका अत्यन्तै सम्वेदनशील कुरा हुन । अतीतमा जे भएपनि सवै भाषा सवै धर्म सवै जाति र हामी सवै समेत एक अर्काका परिपूरक हौं र हुनुपर्छ ।तर अझ सारा राष्ट्र कठिन परीक्षाको वेलामा रहेको अवस्थामा न्याय दिने निकायका महत्वपूर्ण व्यक्तिहरुले समेत आफनो ओहदा को अहंकारमा अंतरिम संविधानको अपव्याख्या गरि र न्यायको मर्म विसे्रर घोर अन्याय गरेका छन् ।
मेरो लागि सर्वोच्च अदालतको असम्बैधानिक फैसलालाई स्वीकारी पदमा वसिरहन सरल थियो । तर महान नेपाली जनताको समावेशी शान्ंत सुन्दर र समृद्ध नेपालको जुन आकांक्षा छ त्यो पुरातनवादी संङ्कीर्णतावादी र एकाङ्गी सोचले कदापि पूर्ण हुनसक्दैन । सर्वोच्चको फैसलाले अन्तरीम संविधान र स्वयम् सर्वोच्चको गरिमा र महिमाको तेजोवध गरेको छ । नेपालको अन्तरिम संविधान २०६३ सोही सालको फाल्गुन ३० गते देखि लागू भई राष्ट्र्रपति र उपराष्ट्रपतिको व्यवस्था २०६५÷२÷०६ को चौथो संशोधनबाट संविधानमा थपिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अघिबाट नै अन्तरिम संविधानको भाग ४मा राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरुको धारा ३३घ धारा ३४ ५ धारा ३५३ मा उल्लेखित व्यवस्थाले विभिन्न भाषाभाषीहरु बीचको भेदभाव असमानतालाई अन्त्य गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने र राज्यको पुर्नसंरचना गरिने दायित्व र नीति राज्यले अवलम्बन गरिने भनिएको छ । धारा ३ ले ूबहुजातिय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक समेतका विषयमा आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिगत रुपमा राष्ट्र होू लेखिएको छ । यसै प्रकार नागरिकको मौलिक हकको सन्दर्भमा ूकुनै भाषा वा बैचारिकताको आधारमा नागरिकमाथि भेद-भाव गरिने छैनू-भनिएको छ । यस प्रकार राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अगावै संविधान लागू हुँदाको अवस्था देखि संविधानले स्वीकारेको मर्म सिद्धान्त र नीतिहरुको विपरीत पछि थपिएका ूअनुसुचि- १क अनुसार नेपाली भाषामा दिएको सपथको ढाँचा अनुसार नै नेपाली भाषा मै म उपराष्ट्रपतिले पद र गोपनियताको सपथ लिनु पर्छ भनि मैले २०६५÷४÷८ मा लिएको सपथ असंवैधानिक ठहराई अदालतको निर्णय संविधानको मर्म लोकतन्त्र को मान्यता तथा प्रजातन्त्रको भावनाको विपरीत समग्र नेपाली जनताको मातृभाषा प्रयोग गर्ने मौलिक हक विरोधी रहेको छ । सर्वोच्चको संविधान विपरीत यो फैसलालाई सरकारी र केहि राजनैतिक दलको मौनता ले समर्थन गरेको पाइयो । संवैधानिक मर्म र मान्यता विपरीत रहेको यस फैसलालाई मान्न मेरो आत्माले स्विकार नगरेको अवस्था एकातिर छ भने अर्कोतर्फ धारा ३६झ २ अनुसार राष्ट्रपतिवाट म उपराष्ट्रपतिले २०६५÷४÷८ मा लिएका पद तथा गोपनियताको सपथलाई राष्ट्रपतिले विगत एक वर्ष देखि आत्मसात र स्वीकार गरिएको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशज्यूहरुबाट भएको २०६६÷४÷९ को आदेशमा उपराष्ट्रपतिलाई पुनः सपथ गराउन अदालतबाट राष्ट्रपतिलाई निर्देशन वा आदेश नभएको अवस्थामा राष्ट्रपतिले पुनः सपथ गराउनु पर्ने विषयले आफैमा गंभीर संवैधानिक संकट उत्पन्न गरेको छ । सपथ भाषाको लागि पनि लिइदैन देशको हित र जनता प्रतिको समर्पणको लागि लिइने हो । राष्ट्रियता भावनावाट प्रतिविम्वित हुन्छ भाषाबाट होइन । २०६५÷४÷८ मा सपथ िलंदा यो मुलुकका पूर्व सरकार र राष्ट्रप्रमुख श्री गिरिजा प्रसाद कोईराला हालका राष्ट्रपति डा। रामवरण यादव तत्कालीन प्रधानन्यायाधीश श्री केदार प्रसाद गिरी तत्कालिन सभामुख वैदेशीक कूटनितीक निकायका प्रमुखहरु माननीय मंत्री एवं सभासदहरु नेपाल सरकारका संवैधानिक अंगका पदाधिकारीहरु राजनैतिक दलका प्रतिनिधीहरु तथा स्वदेशी र विदेशी पत्रकार नागरिक समाज र नेपाली जनता समक्ष लिईसकेको सपथलाई कानूनी दायराभित्र पारी पूर्वाग्रही रुपमा मुद्दा दिई तत्काल का प्रधानन्यायाधीशले स्वीकारेको सपथलाई पूर्वाग्रहीकै रुपमा सर्वोच्च न्यायालयका पछि आउने प्रधानन्यायाधीशकै बेन्चवाट वदर गर्ने आदेश समेत भएको र सो आदेश मबाट २०६५÷४÷८ को हस्ताक्षरित नेपाली भाषाको सरकारी अभिलेखमा रहेको सपथ पत्र सो आदेशबाट बदर नभै कायमै रहेको अवस्थामा मैले पुनः सपथ लिँदा अब कुन भाषाको सपथपत्रलाई सरकारी अभिलेखका लागि प्रमाणित गरी दिने हो यसै सम्बन्धमा अदालत समक्ष राखिएको जिज्ञासाको कुनै जवाफ नपाइएकोले यी विषयहरु आफैमा अन्यौलको वातावरण सृजना गरेको छ तसर्थ पुनः शपथ लिने आदेशको औचित्य छैन । नेपाली भाषाको सपथ पत्रलाई मैले हस्ताक्षरगरी नेपाली भाषा प्रतिको सम्मान र सरकारी काम काजको भाषाको औपचारिकता पूरा गरैकै थिएँ । संघियतातर्फ उन्मुख रहेको यस मुलुकमा भावना भन्दा पनि ढाँचा ९ायचुबत० संग भाषालाई जोडी अपव्याख्या गरि राष्ट्रियताको व्याख्या गर्ने जड।सूत्रवादी चिन्तन र शाव्दिक समावेशीको नारा एवं मातृभाषा को अनादर ले राष्ट्रलाई हानी नै पुर् याउँछ ।
२०६६÷४÷९ मा नेपाली भाषा मै शपथ लिनु पर्छ भनी सर्वोच्च अदालतको पूर्वाग्रही आदेशको विधिवत् जानकारी म उपराष्ट्रपतिलाई आउनु भन्दा अगाडी नै उपराष्ट्रपतिलाई आफनो पदवाट मुक्त गर्नु भनी अधिकारपृच्छाको अर्को रीट सर्वोच्च अदालतले २०६६।४।१३ मा स्वीकार गरेको छ । फैसला वा आदेश अन्तिम भए पश्चात् सोको कार्यान्वयनको पक्ष शुरु हुने न्यायायिक सिद्धान्त र कानूनी व्यवस्थालाई पनि शपथ प्रकरणमा सर्वोच्चको आदेशले लत्याई मूढे अहंकारको प्रदर्शन गरेको छ । वर्तमान संविधान अन्तरीम संविधान हो । अन्तरीमको अर्थनै तत्कालिक कतयउ नबउ बचचबलनझभलत हुन्छ । यस संविधानलाई भारत वा अमेरिकी संविधानको समकक्ष राख्न मिल्दैन । बंगलादेशको संविधानमा मातृभाषा बंगला हो तर देशको कामकाज अधिकांश अंग्रेजीमा हुन्छ । भारतीय संविधानको आठौं अनुसूचीमा आसामी देखी उर्दू भाषा सम्मको उल्लेख छ तर अंग्रेजीको कही उल्लेख छैन तर देशको सम्पूर्ण काज अंग्रेजीमानै हुन्छ र सो अनुसूचिमा नेपाली भाषाको स्थान मैथिली भन्दा माथि छ । गत जनगणनावाट जस्को आधारमा वर्तमान संविधानसभाको चूनाव भएको छ पनि नेपालमा बोलिने भाषाको स्थान क्रममा १६ औं स्थान हिन्दीको छ र हाम्रा संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका स्थान दिएको छ । अतः महज भाषिक विवादको श्रृजना गर्ने उद्देश्य वाहेक सर्वोच्च अदालतको आदेशको अर्को अर्थ छैन ।उत्प्रेषण र परमादेश निमित्त संयुक्त इजलाश र त्यस्को द्यथ उचयमगअत को रुपमा परेको पछिल्ला अधिकारपृच्छाको रीट सुनुवाईकालागि ५जनाको फूल वेन्च गठन हुनु आफैमा अनौठा छ । अधिकारपृच्छावाट शपथ ग्रहण गराउने आदेश हुन रीट सिद्धान्त विपरीत छ । शपथ गर्न शुरुको आदेशमा परमादेश जारी नहुने तर पछिको अधिकारपृच्छावाट शपथ गराउने भनि भएको आदेश पूर्णरुपेण हस्यास्पद र गलत हो । सर्वोच्च अदालतको शपथ प्रकरण सम्बन्धी अधिकार पृच्छा रीटमा भएको ०६६÷५÷७ को अन्तरीम आदेशमा ७ दिन भित्र शपथ लिनु वा उपराष्ट्रपति निष्कृय भई रहनु भन्ने रहेकोमा यी दुई मध्ये मैले जे रोजेपनि सर्वोच्चको फैसलालाई सम्मान नै हुन्छ भन्ने ठानेको छु ।
नेपाली जनताको मातृभाषाको सम्मान सरकारी स्तर र सर्वोच्च अदालत कै पूर्व फैसलाहरु व्ााट हालसम्म हुन नसकेको अवस्था छ अतः सरकार र संविधान सभाले मातृभाषाहरु लाई सम्म्ाान गरे पश्चात मात्र मैले शपथ लिने विषय मा सोच्न सक्छु ।नेपालमा वास्तविक गणतन्त्र स्थापना होस् । भाषा िलंग वर्ण जात र क्षेत्र का आधारमा कसै संग भेदभाव नहोस् । प्रत्येक नेपाली आ-आफनो भाषा संस्कृति सभ्यता र आत्मसम्मान रक्षार्थ सार्थक पहल गर्न पाऊन् यही मेरो भावना हो । सम्मान पाउनलाई अरुलाई सम्मान पनि गर्नु पर्छ । सवै मातृभाषाको सम्मान भएमा मात्र नेपाली भाषा पनि सम्मानित हुन सक्छ । वहुभाषीक यस मुलुकमा भावना भाषा र राष्ट्रियता माथि गरिएको प्रहारका विपक्षमा रहि सघाउनु हुने भएका सवै धन्यवादका पात्र छन् । धन्यवाद ।
Friday, August 28, 2009
संविधानको व्याख्या संसदबाट
अनुशासनको कारबाही बकवास मात्र : केपी ओली
अनुगमन गर्ने जिम्मेवार निकाय म होइन-अन्मिन
अन्मिनको हतियार अनुगमनसम्बन्धी कार्यादेशका सम्वन्धमा प्रेस वक्तव्य
आमसाचार माध्यमहरुद्वारा हालै प्रकाशित÷प्रसारित समाचारहरुमा माओवादी सेनाको शिविर तथा माओवादी सेनाका सदस्यहरुको समग्र व्यवस्थापन तथा रेखदेख र आवतजावतको अनुगमन गर्ने जिम्मेवार निकायका रुपमा प्रस्तुत गरेको पाइयो । तर अन्मिनलाई त्यस्तो भूमिका निर्वाह गर्न आग्रह गरिएको छैन । अन्मिनसँग कार्यान्वयनको कार्यादेश वा नियन्त्रणको भूमिका छैन । अन्मिनका हतियार अनुगमनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर तथा हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालनाको अनुगमनमा केन्द्रित छन्। आआपुना सेनाका सदस्यहरुलाई ब्यारेक वा शिविर भित्र्याउने वा बाहिर पठाउनेजस्ता साचालनको काम नेपाल सेना र माओवादी सेनाको आआपुनै चेन अफ कमाण्ड नियन्त्रण साचार तथा सूचना अनुरुप नै हुन्छ । शिविरको सुरक्षा आवातजावत नियन्त्रण दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादी शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत पर्छ । सन् २००६ मा हस्ताक्षर भएको विस्तृत शान्ति सम्झौता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा पक्षहरुले अन्मिनको अनुगमनको भूमिकालाई स्पष्ट किटान गरेका छन् । शान्ति प्रवि्रुयाका शर्तहरु
ड्डसंयुक्त राष्ट्रसंघको अनुगमनलाई हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको सापेक्षित पालनाको निर्धारण गर्ने राष्ट्रसंघको प्रयास र यसको परिणामलाई सरोकारवाला समक्ष प्रतिवेदन दिने भनी परिभाषित गरिएको छ। ड्डसम्झौता उल्लङ्घन भएको दावी वा उजुरीसम्बन्धमा राष्ट्रसंघीय अनुगमनकर्ताहरु समक्ष रिपोर्ट दिइनेछ र उक्त दावी उल्लङ्घन ठहरिए वा नठहरिएको खण्डमा अन्मिनका उपुयुक्त प्रतिनिधिमार्फत पक्षहरुलाई जानकारी गराइने छ । ड्डअन्मिन अध्यक्ष तथा नेपाल सेना र माओवादी सेनाका एकएक उपाध्यक्ष रहने संयुक्त अनुगमन समन्वय समितिजेएमसीसीले हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पक्षहरुले पालना गरे नगरेको अनुगमन गर्ने पक्षहरु बीचको विवादहरु सुल्झाउने तथा विश्वासको वातावरण सिर्जना गर्ने काम गर्छ । उपयुक्त अनुसन्धानका लागि सवि्रुय प्रयास गर्दै र चासोका सबै घटनाका बारेमा पक्षहरुलाई रिपोर्ट गरेर जेएमसीसीले समस्याको संयुक्त समाधानलाई प्रवर्धन तथा विश्वासको वातावरण निर्माण गर्ने काम गर्छ । सबै खाले समस्या र विवादलाई सम्भव भएसम्मको तल्लो तहमा नै समाधान गर्नुपर्छ। अन्मिनको हतियार अनुगमनसम्बन्धी कार्यादेशको अवधारणा
हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धमा संयुक्त राष्ट्रसंघको सहयोगका लागि अनुरोध गर्दा पक्षहरुले ठूलो सङ्ख्यामा संयुक्त राष्ट्रको सैन्य पोशाकसहितका हतियारधारी सैनिकहरुको उपस्थिति चाहेका थिएनन् । यो अवधारण सधै हल्का अनुगमनको थियो तर कार्यान्वयन गर्ने वा नियन्त्रण गर्ने खालको थिएन । माओवादी सेनाका सदस्यलाई शिविरमा र नेपाल सेनालाई ब्यारेकभीत्र सीमित गर्ने र हातहतियार तथा सेनाको अनुगमनसम्बन्धी काम संविधानसभाको निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सहयोह पुर् याउनका लागि चालिएको अस्थाई कदमका रुपमा लिइएको थियो । पक्षहरुले संयुक्त राष्ट्रसंघको हल्का अनुगमन उपस्थितिका लागि गरेको अनुरोधका पछाडि दलहरुबीच कायम उच्च स्तरको आपसी विश्वास थियो । दीर्घकालिन समाधानका लागि व्यवस्थित रुपान्तरणका सम्बन्धमा छलफल गरेर सहमतिमा पुग्नु अनिवार्य छ यससम्बन्धमा माओवादी सेनाका सदस्यहरुको रेखदेख समायोजन र पुनस्र्थापनका लागि गठित विशेष समितिले आपुनो काम सुरु गर्दै द्रुत गतिमा अगाडी बढोस् । अनुगमनसम्बन्धी व्यवस्था
पक्षहरुको सहमति अनुरुप माओवादी सेनाका सदस्यहरु मुलुकको कैलालीदेखि इलामसम्मका सातवटा मूख्य र २१ वटा सहायक शिविरमा राखिएका छन्। केही सहायक शिविरहरु त मूख्य शिविरबाट तीन घण्टाको दुरीमा रहेका छन्। ब्यारेकभीत्र सीमित गरिएका नेपाल सेनाचाहिँ पाँच क्षेत्रिय पृतना तथा काठमाडौँमा रहेका छन् । माओवादी सेनाका हतियार तथा त्यतिनै सङ्ख्यामा नेपाल सेनाका हतियार अन्मिनमा दर्ता गरेर कन्टेनरमा भण्डार गरिएको छ सो कन्टेनरमा साइरन जडान गरिएको छ अनि चौबिसै घण्टा क्यामराका मार्फत निगरानी तथा हतियार अनुगमनकर्ताले अनुगमन गर्छन्। सहमति भएको सङ्ख्या अनुसारको माओवादी सेनाका हतियारहरु दर्ता गरेर २८ वटा मूख्य शिविर तथा सहायक शिविरको सुरक्षाका लागि राख्न अनुमति दिइएको छ । कुनै पक्षलाई अतिरिक्त सेना भर्ति गर्ने हातहतियार गोलीगठ्ठा तथा विष्फोटक पदार्थ ओसारपसार वा एक÷अर्काप्रति लक्षित गरेर सैनिक गतिबिधि साचालन गर्न अनुमति छैन् । पक्षहरुबीच आपसी सहमित भएकोमा बाहेक शिविर वा ब्यारेकबाट कूल सङ्ख्याको १२ प्रतिशतभन्दा बढीलाई एकै पटक छुट्टी दिइने छैन् । माओवादी सेनाको सात वटै मूख्य शिविरमा भण्डार गरिएको कन्टेनर तथा नेपाल सेनाको छाउनी ब्यारेकको हतियार भण्डार गरिएको कन्टेनरमा अन्मिनले साइरन र सर्भेलेन्स निगरानी गर्ने क्यामरा राखेको छ । अन्मिनका हतियार अनुगमनकर्ताहरु मुख्य शिविर तथा नेपाल सेनाको हतियार भण्डार गरिएको छाउनी ब्यारेकमा स्थाइ रुपमा उपस्थित हुन्छन् । उनीहरुले दुवै व्यवस्थापनको अनुगमन गर्छन् संवादलाई सहजीकरण गर्छन र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता उल्लङ्घन भएको खण्डमा सोलाई जेएमसीसीमा प्रस्तुत गर्छन् । अनुगमन गर्ने जिम्मेवार निकाय म होइन अन्मिन संयुक्त राष्ट्रसघिय नेपल मिसन अन्मिनले माओवादी जनसेनाको व्यवस्थापन तथा रेखदेख र आवत जावतको अनुगमन गर्ने जिम्मेवार निकाय आफु नभएको जनाएको छ । आज विज्ञप्ती जारी गरि अन्मिनले अनुगमन गर्ने जिम्मेवारी आफुलाई नदिइएको र आफुसँग कार्यान्वयनको कार्यादेश वा नियन्त्रणको भूमिका रहेको जनाएको छ । अन्मिनका हतियार अनुगमनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर र हातहतियार तथा सेना व्यवस्थापन अनुगमनसम्बन्धी सम्झौताको पालना भए नभएका अनुगमनमा मात्र केन्द्रित रहने अन्मिनको विज्ञप्तीमा उल्लेख छ । शिविरको सुरक्षा आवातजावत नियन्त्रण दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादी शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत पर्ने अन्मिनले जनाएको छ ।
सर्वोच्चको फैसलाको सम्मान गर्दै नेपालीमा पुन सपथ लिन उपराष्ट्रपति झालाई प्रधानमन्त्रीको आग्रह
प्रेस विज्ञप्ति सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले आज सम्माननीय उपराष्ट्रपति परमानन्द झाको नेपाली भाषामा सपथ ग्रहणका सम्बन्धमा पत्राचार गर्नुभएको छ । सो पत्रको व्यहोरा निम्नानुसार रहेको छ ः ूनेपाल बहुभाषी बहुसांस्कृतिक बहुजातीय देश भएको हुनाले यहाँ बोलिने सम्पूर्ण मातृभाषा राष्ट्रभाषा हुन् । राष्ट्रपति तथा उपराष्ट्रपति लगायत सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ लिन सक्ने अधिकारको व्यवस्थालाई संविधानमा समावेश गर्न नेपालको अन्तरिम संविधान २०६३ मा सातौं संशोधन गर्ने सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित भई हाल व्यवस्थापिका-संसदमा विचाराधीन रहेको छ । व्यवस्थापिका-संसदको गतिरोध अन्त्य हुनासाथ सो विधेयक पारित गर्ने प्रकि्रयालाई सरकारले उच्च प्राथमिकता दिने हुँदा सो विधेयक पारित हुने कुरामा नेपाल सरकार विश्वस्त छ ।लामो समयसम्म देशमा रहेको द्वन्द्व अन्त्य गरी शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउने नेपाली जनताको आकांक्षा अनुरुप नेपाल सरकारले कार्य सम्पादन गरिरहेको छ । देश अत्यन्त संवेदनशील संक्रमणकालीन घडीमा रहेको परिस्थितिमा नेपालको अन्तरिम संविधान २०६३ को संरक्षण एवं पालना गर्ने र गराउने तथा सम्माननीय उपराष्ट्रपति पदको गरिमाको रक्षा र लोकतान्त्रिक मूल्य एवं मान्यता अनुरुप सर्वाेच्च अदालतको आदेशको कार्यान्वयन गर्ने जिम्मेवारी संविधान सम्मत किसिमले निर्वाह हुनुपर्दछ भन्ने जनअपेक्षा रहेको छ । साथै देशले नेपाल सरकार देशमा कि्रयाशील राजनीतिक दल सार्वजनिक पदाधिकारी नागरिक समाज सबैबाट साहसपूर्ण निर्णय र अठोटको अपेक्षा गरेको छ ।
यस पृष्ठभूमीमा सम्माननीय उपराष्ट्रपतिज्यूको शपथ सम्बन्धी विषयमा सर्वाेच्च अदालतबाट हालै भएका आदेशको कार्यान्वयनका सन्दर्भमा हामी सबैबाट ठोस निर्णय हुन आवश्यक छ । अतः सम्माननीय महोदयबाट नेपालको अन्तरिम संविधान २०६३ बमोजिम सर्वाेच्च अदालतको आदेशको कार्यान्वयन गरी लोकतान्त्रिक मान्यताको संरक्षणार्थ सहयोग हुन हार्दिक अनुरोध गर्दछु ।ू
उपराष्ट्रपतिद्वारा सर्वोच्चमा पुनरावेदन
सवैधानिक समितिको सभापतिमा आचार्य निर्वाचित माओवादीका उम्मेदवार प्रकाश पराजित
Thursday, August 27, 2009
संसदिय समितिमा क्यानडाका लागि प्रस्तावित राजदुत घिमीरेको नाम सर्वसम्मत हुन सकेन
न्यायाधीशको नियुक्ति र कारबाही व्यवस्थापीकाबाट
संसद बैठक कार्यसुचिमा प्रवेश नगरि स्थीगत
संबैधानिक समितीको सभापतिमा माओवादी र काग्रेसको उम्मेदवारी
काग्रेस उम्मेदवारलाई २१ दलको समर्थन, साना ५ दल माओवादी उम्मेदवारको पक्षमा, राप्रपा नेपाल निर्वाचनमा सहभागी नहुने
राजकुमार श्रेष्ठ काठमाण्डौ भदौ ११ सविधान मस्यौदाको जिम्मेवारी पाएको संबैधानिक समितीको सभापतिका लागि एकिकृत माओवादी र नेपाली काग्रेसले उम्मेदवारी दर्ता गराएको छ । साझा उम्मेदवारका लागि दलहरुविच भएको छलफल सहमतीमा पुग्न नसेकपछि माओवादी र काग्रेसले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । माओवादीले उपाध्यक्ष तथा ससदिय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाश र काग्रेसले कानुनविद निलाम्वर आचार्यको उम्मेदवारी दर्ता गराएको छ । श्रेष्ठको प्रस्तावकमा डाक्टर वावुराम भट्टराई र समर्थकमा देव गुरुङ्ग रहनु भएको छ भने आचार्यको प्रस्तावकमा रत्न गुरुङ्ग र समर्थकमा सुप्रभा घिमिरे रहनु भएको छ । माओवादीले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरेपनि दलहरुविच सहमती हुन नसकेपछि श्रेष्ठको उम्मेदवारी दर्ता गराएको श्रोतले जनाएको छ । ६३ सदस्यीय समितिको सभापती चयनका लागि भोली विहान ८ वजे निर्वाचन हुदैछ भने सभापतीमा आर्यायको सम्भावना वलियो छ । गठवन्धन सरकारलाई समर्थन गर्ने २२ दल काग्रेस उम्मेदवार आर्चायको पक्षमा रहेका छन् भने माओवादी उम्मेदवारको पक्षमा मधेशी जनअधिकार फोरम नेकपा संयुक्त जनता दल नेपा पार्टी सहितका साना ५ दल रहेका छन् यसैविच सरकारलाई समर्थन गर्ने २२ दलले सवैधानिक समितिको सभापतिमा काग्रेस उम्मेदवार निलाम्वर आचार्यलाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्रीको कार्यालय सिहदरवारमा आज वसेको २१ दलको सर्वदलिय वैठकमा सवैधानिक समितिको सभापतीमा काग्रेस उम्मेदवार आचार्यलाई समर्थन गर्ने सहमती भएको मालेका महासचिव सिपी मैनालीले जानकारी दिनुभयो । काग्रेस उम्मेदवारलाई समर्थन गरे वापत सरकारलाई समर्थन गर्ने साना दलहरुलाई क्षतिपुर्ती दिने सहमती भएको छ । तर काग्रेसले दिने भनिएको क्षतिपुर्ती कस्तो र के भन्ने वारे केहि तय नभएको मालेका महासविच मैनालीले वताउनु भयो । तर सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पाटीर्ं नेपाल भने सवैधानिक समितिको सभापती चयनको निर्वाचनमा सहभागी नहुने भएको छ । यसअघि आजै वसेको एकिकृत माओवादी काग्रेस र एमालेका शिर्ष नेताहरुको वैठक भने विना निष्कर्ष टुङ्गिएको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार अनुभव प्राप्त र मवैलाई मान्यु हुने व्यक्तिलाई सभापती वनाउन काग्रेसले राखेको प्रस्तावमा एमालेले सहमती जनाएपनि माओवादीले सभापती आफ्नो दलले पााउनु पर्ने अडान राखेको थियो ।
Wednesday, August 26, 2009
प्रद्रेशका न्यायाधीश प्रदेशबाटै
काठमाडौँ, भदौ १०- संविधान सभाको न्याय प्रणाली सम्बन्धि समितिमा आगामी संविधानमा केन्द्रीय र प्रादेशिक अदालतका न्यायाधीशको नियुक्तिसम्बन्धी व्यवस्थाका सम्बन्धमा भएको मतदानमा मधेसवादी दल र संघीय लोकतान्त्रिक मञ्चले साथ दिएपछि माओवादी अवधारणा बहुमतले पारित भएको छ। माओवादीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति संयन्त्रले गर्ने अडान राख्दै आएको थियो। त्यस्तै प्रदेश अदालतका न्यायाधीशको नियुक्ति पनि प्रान्तीय व्यवस्थापिकाबाट गर्ने माओवादीको धारणा छ। तर, त्यो संयन्त्र व्यवस्थापिका नै हुने वा अर्को केही बनाउने भन्ने बारे बिहीबारको बैठकले निर्णय गर्नेछ। एमाले र काँग्रेस भने सबै अदालतका न्यायाधीश केन्द्रीय संयन्त्रबाट नियुक्त हुनुपर्ने पक्षमा थियो। उनीहरुलाई नेपाल परिवार दलले पनि साथ दिएको थियो। यो पक्ष आज भएको मतदानमा २४ का विरुद्ध १८ मतले पराजित भयो।सर्वोच्च अदालतका न्यायाधीश केन्द्रीय संयन्त्रबाट र प्रान्तीय अदालतका न्यायाधीश प्रान्तीय व्यवस्थापिकाबाट नियुक्त गर्नुपर्ने माओवादीको अवधारणाको पक्षमा २४ मत परेको थियो। यो पक्षमा माओवादी, दुवै फोरम र तमलोपा उभिएका थिए। समितिका ४३ जनै सदस्य मतदानमा उपस्थित भए। हिजो सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्तिका सम्बन्धमा भएको मतदानमा समितिका पाँच सदस्य अनुपस्थित थिए।संविधानसभाको न्यायप्रणालीसम्बन्धी समितिले आगामी संविधानको अवधारणापत्र र प्रारम्भिक मस्यौदाको तयारी गर्ने क्रममा सदस्यहरुबीच विवाद भएपछि मतदानको प्रक्रिया अपनाएको हो।निर्णयले सर्वोच्च अदालतको भूमिकालाई सीमित गरेको छ। प्रादेशिक अदालतले गलत फैसला गरेमा सर्वोच्च अदालत मुक दर्शक मात्र हुने समितिका सदस्य रामनाथ ढकालले बताए।तथापि, समितिमा साधारण बहुमत माओवादीको पक्षमा देखिए पनि संवैधानिक समितिले संविधानको मस्यौदा तयार गर्ने र त्यसपछि संविधानको विधेयक तयार गर्ने काम बाँकी नै छ। नयाँ संविधानका प्रत्येक धारा संविधानसभाको कम्तिमा पनि दुई तिहाइ बहुमतबाट मात्र पारित हुने व्यवस्था अन्तरिम संविधानले गरेको छ। सभासद्हरूबीच अहिले देखिएको ध्रुवीकरणले न्यायमा राजनीतिक प्रभावको संभावना बढेको हो। न्यायपालिका सत्तारूढ दलको नियन्त्रणमा पुग्ने चिन्ता माओवादी र मधेशवादी बाहेकका दलमा बढेको छ। माओवादी भने आन्दोलनको मर्म र भावनाको कदर गर्दै नयाँ बाटोतिर लाग्न यस्तो प्रस्ताव आवश्यक रहेको तर्क गर्छ। सर्वोच्च अदालतका सबै न्यायाधीशलाई नयाँ संविधान जारी भएपछि पुनःनियुक्ति गर्नुपर्ने माओवादी प्रस्ताव यसअघि नै पारित भैसकेको छ। एमाले-कांग्रेसलगायतका दलहरू नयाँ संविधान जारी भएपछि सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पुनःनियुक्ति हैन, नयाँ संविधानअनुसार सपथग्रहण मात्र गराउने पक्षमा छन्।माओवादीले संविधान र कानूनको अन्तिम व्याख्या पनि संसद्को समितिबाट गर्ने माओवादीको धारणा छ। एमाले-काँग्रेस लगायतका दलहरूले भने कानूनको व्याख्या सर्वोच्च अदालतबाट गर्ने पक्षमा मत राख्दै आएका छन्।
एड्ससँग सम्वन्धित ऐनको मस्यौदा छिटो तयार गर्न निर्देशन
अन्मिनको भुमिका प्रति शान्तिमन्त्री असन्तुष्ट
छत्रमान सिह गुरुङलाई प्रधानसेनापतिमा नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस
नेपालीमा सपथ लिन उपराष्ट्रपतिलाई राष्ट्रपतिको पुन आग्रह
राजकुमार श्रेष्ठ, काठमाण्डौ भदौ १०, राष्ट्रपति डाक्टर रामवरण यादवले सर्वोच्चको फैसलालाई सम्मान गर्दै नेपाली भाषामा सपथ लिन उपराष्ट्रपति परमानन्द झालाई पुन सुझाव दिनु भएको छ । भाषिक आन्दोलनका अगुवाहरुसंग आज आफ्नै कार्यालयमा भएको भेटमा राष्ट्रपति डाक्टर यादवले संविधानको पालक भएकाले उपराष्ट्रपती झाले सर्वोच्चको फैसलालाई पालना गर्दै नेपाली भाषामा पुनः सपथ लिनुपर्ने बताउनु भएको छ । भेटमा भाषिक आन्दोलनका अगुवाहरुले सबै मातृ भाषालाई राष्ट्र भाषाको मान्य दिईसकेकाले उपराष्ट्रपति झालाई पनि मातृ भाषामा सपथ लिने व्यवस्था मिलाउन आग्रह गरेको भाषिक आन्दोलनका अगुवा परशुराम तामाङ्गले जानकारी दिनुभयो । यसैविच उपराष्ट्रपती परमानन्द झाले नेपाली भाषामा पुन सपथ लिनु परे आफ्नो पदवाट राजिनामा दिने घोषणा गर्नू भएको छ । सर्वोच्च अदालतले आईतवार ७ दिन भित्र नेपाली भाषामा पुन सपथ नलिने उपराष्ट्रपती स्वत पद मुक्त हुने फैसला सुनाएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्नु भएका उपराष्ट्रपती झाले सर्वोच्चको फैसलाको सम्मान गर्दै पदवाट राजिनामा दिने वताउनु भयो । भाषिक आन्दोलनको अगुवाहरुसंग आज भएको भेटमा उपराष्ट्रपती झाले आफुले नेपाली भाषामा पुन सपथ नलिने वरु राजिनामा दिने वताउनु भयो । उपराष्ट्रपतीको कार्यालयमा भएको भेटमा भाषिक आन्दोलनको अगुवाहरुहरुले भने पुन सपथ लिन परे मातृ भाषामा सपथ लिन सुझाव दिएको आदिवासी जनजाती महासंघका अध्यक्ष एव सभासद पासाङ्ग शेर्पाले जानकारी दिनुभयो । सर्वोच्च अदालतले आईतवार ७ दिनभित्र नेपाली भाषामा पुन सपथ नलिए स्वद उपराष्ट्रपती पदमुक्त हुने फैसला सुनाएको छ ।
Tuesday, August 25, 2009
माओवादी जनसेना हतियार सहित शिविरवाट वाहिर निस्कनु शान्ति सम्झौता विपरित-अन्मिन
नेपालीमा शपथ लिन राष्ट्रपतिको सुझाव
राजिनामा देउ - मधेशीवादी दलहरु
राजकुमार श्रेष्ठ, सिहदरवार भदौ ९, राष्ट्रपती डाक्टर रामवरण यादवले सर्वोच्च अदालतको आदेश अनुसार नेपालीमा पुन सपथ लिन उपपराष्ट्रपती परमानन्द झालाई सुझाव दिनु भएको छ ।आफ्नै कार्यालय शिलत निवासमा आज भएको भेटमा राष्ट्रपती डाक्टर यादवले सविधान र सर्वोच्चको फैसलाको सम्मान गर्दै नेपालीमा पुन सपथ लिन आग्रह गर्नु भएको छ । जवाफमा उपराष्ट्रपती झाले सोचेर निर्णयमा पुग्ने जवाफ दिनु भएको राष्ट्रपतीका प्रेस सल्लाहकार राजेन्द्र दहालले जानकारी दिनुभयो । उपराष्ट्रपतिले हिन्दीमा लिएको सपथ खारेज गरेको सर्वोच्चले आईतवार ७ दिन भित्र नेपालीमा पुन सपथ नलिए स्वत पद मुक्त हुने फैसला सुनाएको थियो । उपराष्ट्रपती झाले भने सर्वोच्चको फेसला पुर्वाग्रहि भएको भन्दै नेपालीमा पुन सपथ पनि नलिने र राजिनामा पनि नदिने अडान राख्दै आउनु भएको छ ।तर,
मधेशवादी दलहरुले ७ दिन भित्र नेपालीमा पुन सपथ नलिए उपराष्ट्रपति झा स्वत पदमुत्त हुने सर्वोच्च अदालतको फैसला पुर्वाग्रहि भएको ठहर गरेका छन् । मधेशी जनअधिकार फोरम फोरम लोकतान्त्रिक तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी लगायतका मधेशवादी दलहरुको सिहदरवारमा आज वसेको वैठकले सर्वोच्चको फैसला प्रतिगामी तथा पुर्वाग्रहि भएको ठहर गरेको छ । वैठकपछि तमलोपाका अध्यक्ष महन्त ठाकुरले वैठकले उपराष्ट्रपतीलाई नेपालीमा सपथ नदिन सुझाव दिने निर्णय भएको जानकारी दिनुभयो ।यसअघि आजै वसेको फोरमको संसदिय दलको बैठकले राष्ट्रपति झालाई नेपालीमा पुनः सपथ लिनु भन्दा राजिनामा दिन सुझाव दिएको छ । उपराष्ट्रपतिले हिन्दीमा लिएको सपथ खारेज गरेको सर्वोच्चले आईतवार ७ दिन भित्र नेपालीमा पुन सपथ नलिए स्वत पद मुक्त हुने फैसला सुनाएको थियो ।