Monday, August 31, 2009

राजनीतिक दललाई पनि छाड्दीन गृहमन्त्री

हेटौडा भदौ १५ गृहमन्त्री भीम रावलले कानुन उल्लघन गरे राजनीतिक दलमाथी पनि कारवाहि गर्ने वताउनु भएको छ । हत्या अपहरण लुटपाट सडक अवरुद्धजस्ता कार्य दण्डनीय कार्य भन्दै उहांले कानुन उलंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताउनुभयो । हेटौँडामा आज मध्यमााचल क्षेत्रीय सुरक्षा सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रावलले जस्तोसुकै परिस्थिति आए पनि कानुन उलंघन गर्नेलाई नछाडिने बताउनुभयो । राजनीतिक दलहरुको सहमतीमा विशेष सुरक्षा योजना ल्याइएको भन्दै उहांले शान्तिसुरक्षा कायम राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।सम्मेलनमा सुरक्षा निकायका प्रमुखहरु मध्यमााचलका क्षेत्रीय तथा अाचल प्रमुख सुरक्षा निकायका अाचल प्रमुख मध्यमााचल विकास क्षेत्रका तराईका नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख र सीमा सुरक्षा प्रमुखहरुको सहभागिता रहेको छ ।

No comments:

Post a Comment