Thursday, August 27, 2009

संबैधानिक समितीको सभापतिमा माओवादी र काग्रेसको उम्मेदवारी



काग्रेस उम्मेदवारलाई २१ दलको समर्थन, साना ५ दल माओवादी उम्मेदवारको पक्षमा, राप्रपा नेपाल निर्वाचनमा सहभागी नहुने

राजकुमार श्रेष्ठ काठमाण्डौ भदौ ११ सविधान मस्यौदाको जिम्मेवारी पाएको संबैधानिक समितीको सभापतिका लागि एकिकृत माओवादी र नेपाली काग्रेसले उम्मेदवारी दर्ता गराएको छ । साझा उम्मेदवारका लागि दलहरुविच भएको छलफल सहमतीमा पुग्न नसेकपछि माओवादी र काग्रेसले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । माओवादीले उपाध्यक्ष तथा ससदिय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाश र काग्रेसले कानुनविद निलाम्वर आचार्यको उम्मेदवारी दर्ता गराएको छ । श्रेष्ठको प्रस्तावकमा डाक्टर वावुराम भट्टराई र समर्थकमा देव गुरुङ्ग रहनु भएको छ भने आचार्यको प्रस्तावकमा रत्न गुरुङ्ग र समर्थकमा सुप्रभा घिमिरे रहनु भएको छ । माओवादीले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरेपनि दलहरुविच सहमती हुन नसकेपछि श्रेष्ठको उम्मेदवारी दर्ता गराएको श्रोतले जनाएको छ । ६३ सदस्यीय समितिको सभापती चयनका लागि भोली विहान ८ वजे निर्वाचन हुदैछ भने सभापतीमा आर्यायको सम्भावना वलियो छ । गठवन्धन सरकारलाई समर्थन गर्ने २२ दल काग्रेस उम्मेदवार आर्चायको पक्षमा रहेका छन् भने माओवादी उम्मेदवारको पक्षमा मधेशी जनअधिकार फोरम नेकपा संयुक्त जनता दल नेपा पार्टी सहितका साना ५ दल रहेका छन् यसैविच सरकारलाई समर्थन गर्ने २२ दलले सवैधानिक समितिको सभापतिमा काग्रेस उम्मेदवार निलाम्वर आचार्यलाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्रीको कार्यालय सिहदरवारमा आज वसेको २१ दलको सर्वदलिय वैठकमा सवैधानिक समितिको सभापतीमा काग्रेस उम्मेदवार आचार्यलाई समर्थन गर्ने सहमती भएको मालेका महासचिव सिपी मैनालीले जानकारी दिनुभयो । काग्रेस उम्मेदवारलाई समर्थन गरे वापत सरकारलाई समर्थन गर्ने साना दलहरुलाई क्षतिपुर्ती दिने सहमती भएको छ । तर काग्रेसले दिने भनिएको क्षतिपुर्ती कस्तो र के भन्ने वारे केहि तय नभएको मालेका महासविच मैनालीले वताउनु भयो । तर सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पाटीर्ं नेपाल भने सवैधानिक समितिको सभापती चयनको निर्वाचनमा सहभागी नहुने भएको छ । यसअघि आजै वसेको एकिकृत माओवादी काग्रेस र एमालेका शिर्ष नेताहरुको वैठक भने विना निष्कर्ष टुङ्गिएको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार अनुभव प्राप्त र मवैलाई मान्यु हुने व्यक्तिलाई सभापती वनाउन काग्रेसले राखेको प्रस्तावमा एमालेले सहमती जनाएपनि माओवादीले सभापती आफ्नो दलले पााउनु पर्ने अडान राखेको थियो ।

No comments:

Post a Comment