Sunday, September 13, 2009

सर्वोच्च होइन उपराष्ट्रपती पुर्वाग्रही ः- प्रधानन्याधिस

काठमाडौं २८ भदौ, प्रधानन्याधिस मिनबहादुर रायमाझीले उपराष्ट्रपती सपथ प्रकरणमा सर्वोच्च अदालतको फैसला फर्वाग्रही नरहेको प्रष्ट पार्न भएको छ । प्रधानन्याधिसमा नियुक्त भएको ४ महिना पुगेको अवसरमा आज पत्रकारहरुसंग कुरा गर्दै प्रधानन्याधिस रायमाझीले उपराष्ट्रपती परमानन्द झाले हिन्दीमा लिएको सपथ विरुद्ध दायर मुद्धाको आधारमै कानुन बमोजिम फैसला भएको बताउनु भयो । चरेश काण्ड छानविन समितिमा सहभागी भएकै कारण उपराष्ट्रपति झाले वदनाम गराउन पुर्वाग्रहिको आरोप लगाएको बताउनुभयो । न्यायधिस हुंदा थुप्रै मुद्धामा संगै फैसाला गरेको स्मरण गर्दै्र प्रधानन्याधिस रायमाझीले उपराष्ट्रपति झासंग आफ्नो कुनै पूर्वाग्राही नभएको बताउनु भयो । ऋाफले हिन्दीमा लिएको सपथ खारेज गर्ने तथा ७ दिन भित्र नेपालीमा पुन सपथ नलिने सर्वोच्चको फैसला पुर्वाग्रहि भएको आरोप उपराष्ट्रपतीको छ । यसैविच मुलुकभरका १७ वटा अदालतबाट भए गरेका कामकारवाहीबारे जानकारी लिन सर्वोच्चमा सिसिटीभी आजै देखि साचालनमा ल्याइएको छ । आगामी १ वर्ष भित्र देशभरका ५५ जिल्ला अदालतबाट भए गरेका कामकारवाहीबारे जानकारी लिन सिसिटीभीको व्यवस्था गरिने सर्वोच्चले जनाएको छ । अदालतको कामकारवाहीलाई चुस्त र दुरुस्त बनाउनका लागि ई-जस्टिसको सेवा पनि साचालनमा ल्याइएको प्रधानन्यायाधिश रायमाझाीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment