Monday, August 31, 2009

काठमाण्डौदेखी कोपनहेनसम्म आजवाट काठमाण्डौमा

काठमाडौ, भदौ १५, जलवाय परिर्वतनवारे साझा धारणा तय गर्न एसियाली राष्ट्रहरुको क्षेत्रिय सम्मेलन आजवाट काठमाण्डौमा सुरु भएको छ । काठमाण्डौदेखी कोपनहेनसम्म नाम दिइएको सम्मेलनको प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नु भएको छ ।सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री नेपालले जलबायु परिबर्तनबाट हुने असरहरु न्युनिकरणका लागि एकजुट हुन आह्वान गर्नु भयो ।सम्मेलनले आउदो डिसेम्वरमा डेनमार्कको कोपनहेनमा हुने जलवायु परिर्वतन सम्वन्धी महासन्धीको १५ औ विश्व सम्मेलनमा प्रस्तुत गरिने साझा मुद्धा तय गर्नेछ भने जलवायु परिर्वतनवारको साझा दृष्टिकोण र आगामी योजनावारे काठमाण्डौ घोषणा पत्र समेत जारी गर्नेछ ।वातावरण मन्त्रालयद्धारा आयोजित सम्मेलनमा नेपाल सहित भारत श्रीलंका माल्दिभ्स बंगलादेश पाकिस्तान अफगानिस्तान काजकिस्तान र चिनको सहभागिता छ ।

No comments:

Post a Comment