Friday, August 28, 2009

अनुगमन गर्ने जिम्मेवार निकाय म होइन-अन्मिन

राजकुमार श्रेष्ठ, काठमाण्डौ, १२ भदौ, संयुक्त राष्ट्रसघिय नेपल मिसन अन्मिनले माओवादी जनसेनाको व्यवस्थापन तथा रेखदेख र आवत जावतको अनुगमन गर्ने जिम्मेवार निकाय आफु नभएको जनाएको छ । आज विज्ञप्ती जारी गरि अन्मिनले अनुगमन गर्ने जिम्मेवारी आफुलाई नदिइएको र आफुसँग कार्यान्वयनको कार्यादेश वा नियन्त्रणको भूमिका रहेको जनाएको छ । अन्मिनका हतियार अनुगमनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर र हातहतियार तथा सेना व्यवस्थापन अनुगमनसम्बन्धी सम्झौताको पालना भए नभएका अनुगमनमा मात्र केन्द्रित रहने अन्मिनको विज्ञप्तीमा उल्लेख छ । शिविरको सुरक्षा आवातजावत नियन्त्रण दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादी शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत पर्ने अन्मिनले जनाएको छ ।

अन्मिनको हतियार अनुगमनसम्बन्धी कार्यादेशका सम्वन्धमा प्रेस वक्तव्य
आमसाचार माध्यमहरुद्वारा हालै प्रकाशित÷प्रसारित समाचारहरुमा माओवादी सेनाको शिविर तथा माओवादी सेनाका सदस्यहरुको समग्र व्यवस्थापन तथा रेखदेख र आवतजावतको अनुगमन गर्ने जिम्मेवार निकायका रुपमा प्रस्तुत गरेको पाइयो । तर अन्मिनलाई त्यस्तो भूमिका निर्वाह गर्न आग्रह गरिएको छैन । अन्मिनसँग कार्यान्वयनको कार्यादेश वा नियन्त्रणको भूमिका छैन । अन्मिनका हतियार अनुगमनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर तथा हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालनाको अनुगमनमा केन्द्रित छन्। आ­आपुना सेनाका सदस्यहरुलाई ब्यारेक वा शिविर भित्र्याउने वा बाहिर पठाउनेजस्ता साचालनको काम नेपाल सेना र माओवादी सेनाको आ­आपुनै चेन अफ कमाण्ड नियन्त्रण साचार तथा सूचना अनुरुप नै हुन्छ । शिविरको सुरक्षा आवातजावत नियन्त्रण दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादी शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत पर्छ । सन् २००६ मा हस्ताक्षर भएको विस्तृत शान्ति सम्झौता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा पक्षहरुले अन्मिनको अनुगमनको भूमिकालाई स्पष्ट किटान गरेका छन् । शान्ति प्रवि्रुयाका शर्तहरु
ड्डसंयुक्त राष्ट्रसंघको अनुगमनलाई हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको सापेक्षित पालनाको निर्धारण गर्ने राष्ट्रसंघको प्रयास र यसको परिणामलाई सरोकारवाला समक्ष प्रतिवेदन दिने भनी परिभाषित गरिएको छ। ड्डसम्झौता उल्लङ्घन भएको दावी वा उजुरीसम्बन्धमा राष्ट्रसंघीय अनुगमनकर्ताहरु समक्ष रिपोर्ट दिइनेछ र उक्त दावी उल्लङ्घन ठहरिए वा नठहरिएको खण्डमा अन्मिनका उपुयुक्त प्रतिनिधिमार्फत पक्षहरुलाई जानकारी गराइने छ । ड्डअन्मिन अध्यक्ष तथा नेपाल सेना र माओवादी सेनाका एक­एक उपाध्यक्ष रहने संयुक्त अनुगमन समन्वय समितिजेएमसीसीले हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पक्षहरुले पालना गरे नगरेको अनुगमन गर्ने पक्षहरु बीचको विवादहरु सुल्झाउने तथा विश्वासको वातावरण सिर्जना गर्ने काम गर्छ । उपयुक्त अनुसन्धानका लागि सवि्रुय प्रयास गर्दै र चासोका सबै घटनाका बारेमा पक्षहरुलाई रिपोर्ट गरेर जेएमसीसीले समस्याको संयुक्त समाधानलाई प्रवर्धन तथा विश्वासको वातावरण निर्माण गर्ने काम गर्छ । सबै खाले समस्या र विवादलाई सम्भव भएसम्मको तल्लो तहमा नै समाधान गर्नुपर्छ। अन्मिनको हतियार अनुगमनसम्बन्धी कार्यादेशको अवधारणा
हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धमा संयुक्त राष्ट्रसंघको सहयोगका लागि अनुरोध गर्दा पक्षहरुले ठूलो सङ्ख्यामा संयुक्त राष्ट्रको सैन्य पोशाकसहितका हतियारधारी सैनिकहरुको उपस्थिति चाहेका थिएनन् । यो अवधारण सधै हल्का अनुगमनको थियो तर कार्यान्वयन गर्ने वा नियन्त्रण गर्ने खालको थिएन । माओवादी सेनाका सदस्यलाई शिविरमा र नेपाल सेनालाई ब्यारेकभीत्र सीमित गर्ने र हातहतियार तथा सेनाको अनुगमनसम्बन्धी काम संविधानसभाको निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सहयोह पुर् याउनका लागि चालिएको अस्थाई कदमका रुपमा लिइएको थियो । पक्षहरुले संयुक्त राष्ट्रसंघको हल्का अनुगमन उपस्थितिका लागि गरेको अनुरोधका पछाडि दलहरुबीच कायम उच्च स्तरको आपसी विश्वास थियो । दीर्घकालिन समाधानका लागि व्यवस्थित रुपान्तरणका सम्बन्धमा छलफल गरेर सहमतिमा पुग्नु अनिवार्य छ यससम्बन्धमा माओवादी सेनाका सदस्यहरुको रेखदेख समायोजन र पुनस्र्थापनका लागि गठित विशेष समितिले आपुनो काम सुरु गर्दै द्रुत गतिमा अगाडी बढोस् । अनुगमनसम्बन्धी व्यवस्था
पक्षहरुको सहमति अनुरुप माओवादी सेनाका सदस्यहरु मुलुकको कैलालीदेखि इलामसम्मका सातवटा मूख्य र २१ वटा सहायक शिविरमा राखिएका छन्। केही सहायक शिविरहरु त मूख्य शिविरबाट तीन घण्टाको दुरीमा रहेका छन्। ब्यारेकभीत्र सीमित गरिएका नेपाल सेनाचाहिँ पाँच क्षेत्रिय पृतना तथा काठमाडौँमा रहेका छन् । माओवादी सेनाका हतियार तथा त्यतिनै सङ्ख्यामा नेपाल सेनाका हतियार अन्मिनमा दर्ता गरेर कन्टेनरमा भण्डार गरिएको छ सो कन्टेनरमा साइरन जडान गरिएको छ अनि चौबिसै घण्टा क्यामराका मार्फत निगरानी तथा हतियार अनुगमनकर्ताले अनुगमन गर्छन्। सहमति भएको सङ्ख्या अनुसारको माओवादी सेनाका हतियारहरु दर्ता गरेर २८ वटा मूख्य शिविर तथा सहायक शिविरको सुरक्षाका लागि राख्न अनुमति दिइएको छ । कुनै पक्षलाई अतिरिक्त सेना भर्ति गर्ने हातहतियार गोलीगठ्ठा तथा विष्फोटक पदार्थ ओसारपसार वा एक÷अर्काप्रति लक्षित गरेर सैनिक गतिबिधि साचालन गर्न अनुमति छैन् । पक्षहरुबीच आपसी सहमित भएकोमा बाहेक शिविर वा ब्यारेकबाट कूल सङ्ख्याको १२ प्रतिशतभन्दा बढीलाई एकै पटक छुट्टी दिइने छैन् । माओवादी सेनाको सात वटै मूख्य शिविरमा भण्डार गरिएको कन्टेनर तथा नेपाल सेनाको छाउनी ब्यारेकको हतियार भण्डार गरिएको कन्टेनरमा अन्मिनले साइरन र सर्भेलेन्स निगरानी गर्ने क्यामरा राखेको छ । अन्मिनका हतियार अनुगमनकर्ताहरु मुख्य शिविर तथा नेपाल सेनाको हतियार भण्डार गरिएको छाउनी ब्यारेकमा स्थाइ रुपमा उपस्थित हुन्छन् । उनीहरुले दुवै व्यवस्थापनको अनुगमन गर्छन् संवादलाई सहजीकरण गर्छन र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता उल्लङ्घन भएको खण्डमा सोलाई जेएमसीसीमा प्रस्तुत गर्छन् । अनुगमन गर्ने जिम्मेवार निकाय म होइन अन्मिन संयुक्त राष्ट्रसघिय नेपल मिसन अन्मिनले माओवादी जनसेनाको व्यवस्थापन तथा रेखदेख र आवत जावतको अनुगमन गर्ने जिम्मेवार निकाय आफु नभएको जनाएको छ । आज विज्ञप्ती जारी गरि अन्मिनले अनुगमन गर्ने जिम्मेवारी आफुलाई नदिइएको र आफुसँग कार्यान्वयनको कार्यादेश वा नियन्त्रणको भूमिका रहेको जनाएको छ । अन्मिनका हतियार अनुगमनकर्ताहरु हतियार भण्डार गरिएको कन्टेनर र हातहतियार तथा सेना व्यवस्थापन अनुगमनसम्बन्धी सम्झौताको पालना भए नभएका अनुगमनमा मात्र केन्द्रित रहने अन्मिनको विज्ञप्तीमा उल्लेख छ । शिविरको सुरक्षा आवातजावत नियन्त्रण दैनिक कार्यतालिका तथा सेनाको नियन्त्रणजस्ता कुराहरु माओवादी शिविरका कमाण्डरको जिम्मेबारी अन्तरगत पर्ने अन्मिनले जनाएको छ ।

No comments:

Post a Comment