Monday, August 31, 2009

सविधान ससोधनको पहल थाल्न मधेशवादी दलहरुको काग्रेसलाई आग्रह

नेपालीमा पुन सपथ नलिनु दुभाग्यपर्ण ः एमाले अध्यक्ष खनाल

उपराष्ट्रपतीले चालेको कदम पं्रशंशायोग्य फोरम अध्यक्ष यादव

राजकुमार श्रेष्ठ, काठमाण्डौ., भदौ १५, मधेशवादी दलहरुले उपराष्ट्रपती सपथ प्रकरण समाधन गर्न तत्काल सविधान ससोधनको पहल थाल्न नेपाली काग्रेसलाई आग्रह गरेका छन् । मधेशवादी दलहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका शिर्ष नेताहरुले आज काग्रेस सभापती गिरिजा प्रसाद कोइरालालाई सविधान ससोधनको पहल थाल्न आग्रह गरेका हुन । मातृ भाषामा सपथ लिन सक्ने गरि सरकारले सदनमा दर्ता गरेको अन्तरिम सविधान ससोधन विधेयक पारित गराउन काग्रेस र एमालेले पहल थाल्नु पर्नेमा जोड दिइएको फोरम लोकतान्त्रिकका अध्यक्ष एव उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जानकारी दिनुभयो । जवाफमा काग्रेस सभापती कोइरालाले भने सदन सुचारुका लागि एकिकृत माओवादीसग छलफल गर्न सुझाव दिनु भएको उांले वताउनु भयो । भेटपछि काग्रेस उपसभापती रामचन्द्र पौडेलले भने सविधान ससोधनका लागि माओवादी वाधक वनेको आरोप लगाउनु भयो । साथै उहाले अन्तरिम सविधान ससोधन लगतै उपराष्ट्रपती परमानन्द झाको सपथ प्रकरण सकिने दावी समेत गर्नु भयो । यसैविच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उपराष्टपति परमानन्द झाले नेपालीमा पुन सपथ नलिनु दुभाग्यपर्ण भएको टिप्पणी गर्नु भएको छ । कोशी अाचल स्थतरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न सुनसरीको धरान जाने क्रममा विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले नेपालीमा पन सपथ नलिदा सरकार नभई उपराष्ट्रपती आफै सकटमा परेको वताउनु भयो । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने भन्दै उहांले भन्नुभयो ः- उहालाइ मेरो अनुरोध छ सर्वोच्चको निर्णय अनुसार पुन सपथ लिनुहोस । माओवादीलाई पाखा लगाएर संविधान नवन्ने भन्दै अध्यक्ष खनालले माओवादीले पनि अन्दोलन रोकेर वार्तामा आउन पर्ने वताउन भयो । तर मधेसी जनअअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालीमा पुन सपथ नलिने उपराष्ट्रपती परमानन्द झाको अडानको स्वागत गर्नु भएको छ । वीरगाजमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भाषिक स्वतन्त्रताका लागि उपराष्ट्रपतीले चालेको कदम पं्रशंशायोग्य भएको वताउन भयो । अन्तिम समयमा आएर मधेशवादी दलहरुले समेत उपराष्ट्रपती झालाई नेपालीमा पुन सपथ लिन आग्रह गरेको भन्दै फोरम अध्यक्ष यादवले भन्नुभयो ः- यो उनिहरुले माधव नेपालले दिएको जागिर वचाउन गरेको प्रयास मात्र थियो । मधेशवादी दल आवद्ध मन्त्री तथा सभासदहरुले पनि हिन्दीमा सपथ खाएको भन्दै उहांले कारवाहि गर्न चनैती दिनुभयो ।

No comments:

Post a Comment