Tuesday, August 25, 2009

नेपालीमा शपथ लिन राष्ट्रपतिको सुझाव


राजिनामा देउ - मधेशीवादी दलहरु

राजकुमार श्रेष्ठ, सिहदरवार भदौ ९, राष्ट्रपती डाक्टर रामवरण यादवले सर्वोच्च अदालतको आदेश अनुसार नेपालीमा पुन सपथ लिन उपपराष्ट्रपती परमानन्द झालाई सुझाव दिनु भएको छ ।आफ्नै कार्यालय शिलत निवासमा आज भएको भेटमा राष्ट्रपती डाक्टर यादवले सविधान र सर्वोच्चको फैसलाको सम्मान गर्दै नेपालीमा पुन सपथ लिन आग्रह गर्नु भएको छ । जवाफमा उपराष्ट्रपती झाले सोचेर निर्णयमा पुग्ने जवाफ दिनु भएको राष्ट्रपतीका प्रेस सल्लाहकार राजेन्द्र दहालले जानकारी दिनुभयो । उपराष्ट्रपतिले हिन्दीमा लिएको सपथ खारेज गरेको सर्वोच्चले आईतवार ७ दिन भित्र नेपालीमा पुन सपथ नलिए स्वत पद मुक्त हुने फैसला सुनाएको थियो । उपराष्ट्रपती झाले भने सर्वोच्चको फेसला पुर्वाग्रहि भएको भन्दै नेपालीमा पुन सपथ पनि नलिने र राजिनामा पनि नदिने अडान राख्दै आउनु भएको छ ।
तर,
मधेशवादी दलहरुले ७ दिन भित्र नेपालीमा पुन सपथ नलिए उपराष्ट्रपति झा स्वत पदमुत्त हुने सर्वोच्च अदालतको फैसला पुर्वाग्रहि भएको ठहर गरेका छन् । मधेशी जनअधिकार फोरम फोरम लोकतान्त्रिक तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी लगायतका मधेशवादी दलहरुको सिहदरवारमा आज वसेको वैठकले सर्वोच्चको फैसला प्रतिगामी तथा पुर्वाग्रहि भएको ठहर गरेको छ । वैठकपछि तमलोपाका अध्यक्ष महन्त ठाकुरले वैठकले उपराष्ट्रपतीलाई नेपालीमा सपथ नदिन सुझाव दिने निर्णय भएको जानकारी दिनुभयो ।यसअघि आजै वसेको फोरमको संसदिय दलको बैठकले राष्ट्रपति झालाई नेपालीमा पुनः सपथ लिनु भन्दा राजिनामा दिन सुझाव दिएको छ । उपराष्ट्रपतिले हिन्दीमा लिएको सपथ खारेज गरेको सर्वोच्चले आईतवार ७ दिन भित्र नेपालीमा पुन सपथ नलिए स्वत पद मुक्त हुने फैसला सुनाएको थियो ।

No comments:

Post a Comment