Sunday, August 30, 2009

जनसेना हतियार सहित शिविर बाहिर निस्कनुमा कमजोरी भएको अन्मिनद्धारा स्वीकार

राजकमार श्रेष्ठ, काठमाण्डौ १४ भदौ,
संयुक्त राष्ट्रसघिय नेपाल मिसन अन्मिनले माओवादी जनसेना हतियार सहित शिविर बाहिर निस्कनुमा आफ्ना कमजोरी भएको स्वीकार गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपाललसंग आज भएको भेटमा अन्मिन प्रमुख अरिन ल्याण्डिगं्रनले शान्ति सम्झौता विपरित माओवादी जनसेना हतियार सहित शिविरवाट वाहिर निस्कनुमा अन्मीनको कमजोरी भएको स्विकार गर्नु भएको छ । साथै ल्याण्डगि्रनले अन्मीनको भूमिका प्रति शंका नगर्न आग्रह पनि गर्नु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्हाकार राजन भट्टराईले जानकारी दिनुभयो । ल्याण्डगि्रनले सेना समायोजन तथा पुर्नस्थापना सम्वन्धी विषेश समिति गठनमा ढिलाई भएको भन्दै असन्तुष्टि समेत जनाउनु भएको थियो । जवाफमा प्रधानमन्त्री नेपालले दलहरुविच वढ्दो दुरी कम गरि शान्ति प्रकृया निष्कर्षमा पुर् याउने प्रतिवद्धता जनाउनु भएको श्रोतले जनाएको छ ।

No comments:

Post a Comment