Thursday, September 3, 2009

१३ वटा स्वायत्त प्रदेश र ४ वटा केन्द्र शासित क्षेत्र सहित १७ राज्यको प्रस्ताव

स्थानिय निकायको कामकाज स्थानिय समितिवाट गर्ने निर्णय
Raj kumar Shrestha, Kathmandu Bhadau 18, एकिकृत नेकपा माओवादीले १३ वटा स्वायत्त प्रदेश र ४ वटा केन्द्र शासित क्षेत्र सहित १७ राज्यको प्रस्ताव गरेको छ । संविधानसभा अन्तगर्तको राज्य पुर्नसंरचना तथा राज्य शक्ति वाँडफाँड समितिको सिहदरवारमा आजको वैठकमा १४ राज्यको यसअघिको प्रस्ताव परिर्वतन गर्दै माओवादीले राज्य पुर्नसंरचना सम्वन्धी नयाँ अवधारणा पेश गरेको छ । माओवादीको प्रस्ताव अनुसार १३ वटा स्वायक्त प्रदेश सहित भौगालिक र प्रशासनिक आधारमा केन्द्र शासित रिडि नारायणी तामाकोशी र बिजयपुर क्षेत्रको अवधारणा अघि सारेको छ । यि क्षेत्रहरु केन्द्रबाट संचालित हुने छन् । माओवादीको प्रस्तावमा विभिन्न प्रदेशभित्र स्वायक्त ईलाका गाँउ संरक्षित क्षेत्र रहने छन् । यसैविच माओवादीले स्थानिय निकायको कामकाज संयुक्त राष्ट्रिय जनआन्दोलनको स्थानिय समितिवाट गर्ने निर्णय गरेको छ । माओवादी स्थायी समितिको आज वसेको वैठकले कागे्रस र एमालेले एकलोटि रुपमा स्थानिय निकाय संाचालन गरेको ठहर गर्दै समानुपातिक प्रणालीमा स्थानिय निकाय गठन नभएसम्म स्थानिय आन्दोलन समितिवाट काम गर्ने निर्णय गरेको छ ।
वैठकले माघ १५ मा हुने महाधिवेशनको तयारी तिव्र पार्ने निर्णय गरेको छ । वैठकले पार्टी सदस्यता आजवाट वितरण नगर्ने तथा कार्तिक १५ सतेवाट कि्रयाििसल सदस्यता नविकरण थाल्ने निर्णय पनि गरेको उपाध्यक्ष डाक्टर वावुराम भट्टराईले जानकारी दिनुभयो । वैठकले १५ वुदे आचार सहिता पुर्ण पालना गर्न तथा असौजसम्ममा सम्पती विवरण वुझाउन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment