Wednesday, September 2, 2009

छैठौ पटक मन्त्री मण्डल विस्तार

मन्त्रिपरिषद् ४२ सदस्यीय, सरकारले अझै पुर्णता पाउन सकेन
राजकुमार श्रेष्ठ, काठमाण्डौ, भदौ १७,
आज छैठौ पटक मन्त्री मण्डल विस्तार भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री ६ राज्य मन्त्री र १ सहायम मन्त्री थपेर मन्त्री मण्डल गर्नुभएको छ . अव मन्त्री मण्डल ४२ सदस्यीय भएको छ तर सरकार गठन भएको सय दिन पुगेपनि सरकारले अझै पुर्णता पाउन सकेको छैन . प्रधानमन्त्री नेपालले आज महिला वालवालिका तथा समाज कल्याण मन्त्रीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकवाट सर्वदेव ओझा र सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलाई विना विभागिय मन्त्रीमा नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्धयले आजै राष्ट्रपती कार्यालय सितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री नेपाल समक्ष सपथ लिनु भएको छ । वालवालिका मन्त्री ओझाले नेपालीमा सपथ लिनु भएको छ भने विना विभागिय मन्त्री कर्णले हिन्दी भाषामा सपथ लिनु भएको छ । प्रधानमन्त्री नेपालले आजै फोरम लोकतान्त्रिकवाट ४ राज्यमन्त्री र १ सहायक मन्त्री सद्भावनावाट १ राज्य मन्त्री र राष्ट्रिय जनशक्ति पार्टीााट १ राज्य मन्त्री नियुक्त गर्नु भएको छ । फोरम लोकतान्त्रिकवाट सत्रुध्ान कोइरी पर्यटन राज्यमन्त्री करिमा वेगम कृषि राज्यमन्त्री सजय शाह भौतिक योजना तथा निमार्ण राज्यमन्त्री र रामवच्चन अहिर महिला तथा बालबालिका राज्य मन्त्रीमा नियुक्त हुन भएको छ । सद्भवनावाट सरोज यादव आपुर्ती राज्यमन्त्रि तथा राष्ट्रिय जनशक्ति पार्टीका इन्द प्रसाद ढुङ्गेललाइ बिज्ञान तथा प्रबिधि राज्य मन्त्रीमा नियुक्त हुनु भएको छ । नवनियुक्त राज्यमन्त्री र सहयक मन्त्रीले आजै राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री नेपाल समक्ष सपथ लिनु भएको छ । यसैगरी फोरम लोकतान्त्रिकवाट कलावती पासवान भौतिक योजना तथा निमार्ण सहायक मन्त्रीमा नियुक्त हनु भएको छ । कसलाई सिफारिस गर्ने भन्ने टुङ्गो लाग्न नसकेपछि तराई मधेश लोकतान्त्रिक पार्टीले भने १ राज्य र १ सहयक मन्त्री सिफारिस गर्न सकेन जेठ ११ गते प्रधानमन्त्रीमा निर्वाचित नेपालले जेठ २१ असार ३ १० र १९ गते तथा साउन १४ गते गरि ५ पटकसम्म मन्त्रीपरिषद बिस्तार गर्नु भएको थियो ।

No comments:

Post a Comment