Monday, September 7, 2009

पराष्ट्रपतीको सेवा सुविधा फिर्ता लिएकोमा सत्तारुढ मधेसवादी ३ दलको आपत्ति

काठमाडौं भदौ २२, सत्तारुढ मधेसवादी ३ दलले सरकारले उपराष्ट्रपती परमानन्द झाको सेवा सुविधा फिर्ता लिएकोमा आपत्ति जनाएका छन् । सिहदरवारमा आज वसेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको वैठकले मन्त्री परिषदमा निर्णय विना सेवा-सुविधा कटौती गरेर सरकारले उपराष्ट्रपतिको अपमान गरेको ठहर गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार नेपाली भाषामा पुन नपथ नलिएपछि सरकारले हालै उपराष्ट्रपतीको सेवा सुविधा फिर्ता लिएको थियो । मधेशवादी ३ दलले सपथ विवादको समाधानका लागि मातृ भाषामा सपथ लिने व्यवस्था गरि अन्तरिम संविधान संसोधन गर्नु पर्नेमा जोड दिएको छ । वैठकले संविधान संसोधनका लागि संसदको अवरोध हटाउन माओवादीलाई आग्रह पनि गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । यसैगरी सत्तारुढ ३ मधेशवादी दलले समर्थन फिर्ता नलिने निर्णय गरेको छ । उपराष्ट्रपतीको सेवा सुविधा फिर्ताले सत्ता समिकरणमा कुनै असर नपर्ने भन्दै ३ दलको वैठकले समर्थन फिर्ता लिन फोरम लोकतान्त्रिकका सभासदले दिएको दवाव अस्विकार गरेको छ ।

No comments:

Post a Comment