Thursday, August 27, 2009

संसदिय समितिमा क्यानडाका लागि प्रस्तावित राजदुत घिमीरेको नाम सर्वसम्मत हुन सकेन

११ भदौ, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको संसदिय सुनुवाई विशेष समितिमा क्यानडाका लागि प्रस्तावित राजदुत भोजराज घिमीरेको नाम सर्वसम्मतले अनुमोदन हुन सकेन । समितिको आज वसेको समितिको वैठकमा सभासद बवन सिहले मुख्य सचिव रहदा पदको दुरुपयोग गरेको आरोप लगाएपनि घिमीरेको नाममा सर्वसम्मत हुन सकेन । सर्वसम्मतले अनुमोदन हुन नसकेपछि वहुमतको निर्णयका आधारमा घिमिरेको नाम सवैधानिक परिषदमा पठाइने समिति सदस्य लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । यसअघि समितिले दुतावासमा नभएको स्थानमा राजदुत सिफारिस गरेको भन्दै घिमिरेको सुनुवाई स्थागित गरेको थियो तर दुतावास खोल्न क्यानडाले स्विकृती दिएको तथा त्यसको अन्तिम तयारी भइरहेको जनकारी आएपछि समितिले सुनुवाई प्रकि्रया अघि बढाएको थियो ।

No comments:

Post a Comment