Wednesday, August 26, 2009

छत्रमान सिह गुरुङलाई प्रधानसेनापतिमा नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस

राजकुमार श्रेष्ठ, काठमाण्डौ भदौ १०, सरकारले कायममुकायम प्रधानसेनापति छत्रमान गुरुङ्गलाई प्रधानसेनापतिमा नियक्त गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई सिफारिस गरेको छ ।सिहदरवारमा आज विहान वसेको मन्त्रीपरिषद वैठकले भदौ २४ गतेबाट लागु हुने गरि गुरुङ्गलाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरॆको सरकारका प्रवत्ता एव साचारमन्त्री ंशकर पोखरेलले जानकारी दिनुभयो ।वैठकले महासेनानी कृष्ण समशेर जवरा र तेजमान सिह बस्नेत तथा साहयक रथी बिकास कि्रमम शाहको पदाबधी २ वर्ष थप गर्ने निर्णय गरेको छ ।मन्त्री परिषद वैठकले शिक्षा सेवा आयोगको रित्त पदपुर्ती गर्न शिक्षा मन्त्री रामचन्द्र कुसवाहको सयोजकत्वमा सिफारीस समिति गठन गरेको छ ।यस्तै वैदशिक रोजगार प्रवर्धन वोर्ड गठन गर्ने निर्णय गरेको छ भने सिहदरवार बैद्यखानाको अध्यक्षमा डाक्टर रामचन्द्र अधिकारीलाई नियुक्त गरेको छ । मन्त्री परिषदले सरकारको वातावरण सल्लाहकारमा डाक्टर केदारचन्द्र शर्मालाई नियुत्त गरेको छ भने पुर्वमा पाढी पहिरो पिडितहरुको पुन स्थापना र राहत सहयोगका लागि सम्बन्धीत मन्त्रालयलाई काम थाल्न निर्देशन दिएको छ ।बैठकले सरकारको सय दिने कामकारवाहीबारे प्रतिबेदन तयार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको प्रवत्ता पोखरेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment