Tuesday, September 1, 2009

सविधान ससोधनका लागि सदन सुचारु गर्न मधेशवादी दलहरुले गरेको आग्रह माओवादीद्धारा अस्विकार

उपराष्ट्रपतीले सविधान उल्लंघन गरेको काग्रेसको ठहर
राजकुमार श्रेष्ठ, काठमाण्डौ, भदौ १६, एकिकृत माओवादीले अन्तरिम सविधान ससोधनका लागि सदन सुचारु गर्न सत्तारुढ मधेशवादी दलहरुले गरेको आग्रह अस्विकार गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा माओवादी सचिव सचिव सिपि गजुरेलले राष्ट्रपतीको कदमका विषयमा छलफल गर्ने सर्तमा मात्र सदनको अवरोध हटाउने वताउनु भयो । उहांले भन्नुभयो ः- राष्ट्रपति र उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गरौं र सदन खोलौं भन्नुहुन्छ भने हामी तयार छौं । सविधान ससोधनका लागि मात्र सदन सचारु नगर्ने भन्दै उहांले सपथ प्रकरणले सरकारलाइ अप्ठ्यारो पारे पनि जनतालाइ केही फरक नपर्ने वताउनु भयो । राष्ट्रपति उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गर्न दलहरु तयार भए माओवादीले तत्काल सदनको अवरोध अन्त्य गर्ने जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलका प्रवत्ता नविन्द्रराज जोशीले माओवादीले सदन अवरुद्ध गरेर संविधान निमार्ण प्रकि्रयामा भाँजो हालेको आरोप लगाउनुभयो । कार्यक्रममा एमाले नेता प्रदिप ज्ञवालीले माओवादीले उठाएको नागरिका सर्वाेच्चता सरकारलाइ अप्ठ्यारोमा पार्ने कुरा मात्र भएको आरोप लगाउनुभयो । मधेस जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले संविधान संशोधन गरेर समस्याको निकास दिन माओवादीलाइ सदन खोल्न आग्रह गर्नुभयो । यसैविच सत्तारुढ नेपाली काग्रेसले सविधानको संरक्षक उपराष्ट्रपती परमानन्द झा स्वयमले सविधान उल्लंघन गरेको ठहर गरेको छ । काग्रेस प्रवत्ता अजुर्ननरसिह केसीले उपराष्ट्रपती झाले सर्वोच्च अदालतको फैसला मान्दिन भन्नु गलत भएको वताउनु भयो । काग्रेस पार्टी कार्यालय सानेपामा आज संाचारकर्मीहरुसग कुरा गर्दै प्रवत्ता केसीले उपराष्ट्रपतीले अदालतको फैसला नमाने कानुनी शासन लागु हुन नसक्ने वताउन भयो । न्यायपालीकाको फैसलालाई सवैले सम्मान गर्नु पर्ने उहांको जोड थियो ।

No comments:

Post a Comment