Friday, August 28, 2009

सवैधानिक समितिको सभापतिमा आचार्य निर्वाचित माओवादीका उम्मेदवार प्रकाश पराजित

राजकुमार श्रेष्ठ, काठमाण्डौ, १२ भदौ, सवैधानिक समितिको सभापतिमा नेपाली कांग्रेसका सभासद एवं कानुनविद निलाम्वर आचार्य निवाचित हुनु भएको छ । समितिको वैठकमा आज भएको निर्वाचनमा एकिकृत माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाशलाई ८ मतले पराजित गर्दै आचार्य सभापतीमा निर्वाचित हुनु भयो । आचार्य ०४७ सालको सविधानको मस्यौदाकार समेत रहनु भएका आचार्य ४७ सालमा वाम मोर्चाका तर्फवाट अन्तिरिम सरकारमा न्याय तथा कानुन मन्त्री वन्नु भएको थियो । समितिका ५५ जना सदस्य सहभागि भएको मतदानमा आचार्यको पक्षमा २९ तथा श्रेष्ठको पक्षमा २१ मत खसेको थियो । उपराष्ट्रपति सपथ प्रकरणमा सर्वोच्च अदालतले दिएको फैसलाप्रति असहमती जनाउर्दै तराई मधेश लोकतान्त्रिक पार्टीले आजको निर्वाचन वहिस्कार गरेको थियो भने राष्ट्रिय जनमुक्ति पार्टी र राप्रपा नेपालले पनि निर्वाचनमा सहभागिता भएनन । ६३ सदस्यीय सवैधानिक समितिका ४ जना सदस्यले भने अर्को समितिमा मताधिकार प्रयोग गरेकाले मतदान गर्न पाएनन । यसैविच नवनिर्वाचित सभापती आचार्यले आजै सविधानसभाका सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्ग समक्ष सपथ लिनु भएको छ । पदभार ग्रहणपछि नवनिर्वाचित सभापति आर्चायले तोकिएकै समयमा संबिधान बनाउन आफ्नो समितिलाई कृयाशिल पार्ने प्रतिवद्धता जनाउनु भयो । समयमै संबिधान निमार्ण गर्न माओबादीको पनि साथ रहने उहांको विश्वास थियो । पराजित उम्मेदवार प्रकाशले भने सविधानसभामा पनि सत्तापक्ष र प्रतिपक्षका नाममा माओवादीलाई एक्ल्याउन खोजिएको वताउनु भयो ।

No comments:

Post a Comment