Friday, September 18, 2009

दशै-तिहारपछि निर्णायक आन्दोलन ःप्रचण्ड

प्रधानमन्त्री नेपाललाई राजिनामा दिन सुझाव-
चितवन, असोज २, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै-तिहारपछि निर्णायक आन्दोलन गर्ने उद्घोष गर्नु भएको छ । चितवनको नारायणगढस्थीत क्याम्प चौरमा आज आयोजित जनसभालाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले दशै-तिहारपछि गरिने निर्णयक आन्दोलन गरिने भन्दै त्यसका लागि तयार रहन चितवनवासीलाई आग्रह गर्नु भयो । अवकेा आन्दोलन विद्रोहको आन्दोलन हुने भन्दै उहांले भन्नुभयो ः- दशैपछि निर्णयक आन्दोलन हुन्छ जुन विद्रोहको आन्दोलन हुनेछ । नागरिक सर्वोच्चताका लागि माओवादीको नेतृत्वमा हुने अवको जनविद्रोह संसारकै लागि आश्चर्यजनक हुने उहांको भनाई थियो । अहिलेको आन्दोलन ट्रलर मात्र भएको भन्दै उहांले भन्नुभयो ः- जनताले पुरै जित्ने दिन नजिक आउदैछ त्यो दिन फटाहहरुले परै हार्ने दिन हुनेछ । संविधान निर्माणको नेतृत्व माओवादीलाई नदिई जनविद्रोह मार्फंत सत्ता आफ्नो हातमा लिई जनताले दिएको संविधान निर्माणको म्यान्डेट पुरा गर्ने उहांले बताउनु भयो । हारेकाहरुले देश चलाउनु भनेको उल्टो गंगा वग्नु भएको भन्दै उहांले जनताको सर्वोच्चताका लागि राजिनामा दिन प्रधानमन्त्री माधवक्रमार नेपाललाई आग्रह गर्न भयो ।

No comments:

Post a Comment