Tuesday, September 1, 2009

उपराष्ट्रपतिको सुविधा खोस्न परामर्श जारी : प्रधानमन्त्री

विराटनगर, भदौ १६, प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपती परमानन्द झालाई सरकारले उपलव्ध गराएको सेवा सुविधा खोस्न काननी परामर्श जारी रहेको वताउनु भएको छ । उपराष्ट्रपतीको सपथ प्रकरणले मुलुक समस्यामा परेको छ निकासको उपायको खोजि भइरहेको छ विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो ः- उहाले झण्डा पहराउनु भएको सुनेको छु कानुनी परामर्श अनुसार नै उपायको खोजीमा छु उपराष्ट्रपति र माओवादीका कारण मुलुक अप्ठ्यारोमा परेको भन्दै उहांले सवैलाई सहमत हने गरि तत्काल उपयुक्त निकास खोज्नु पर्ने बताउनुभयो । माओवादीले सत्ता कब्जाको योजना वनाएको भन्दै उहाले समानान्तर सत्ताको अभ्यास गरे दुर्घटना हुने चेतावनी दिनुभयो । माओवादीको व्यवहारका कारण कसैले पनि सहज महसुस गर्न नसकेको भन्दै उहाले माओवादी सुध्रनु आवश्यक रहेको बताउनुभयो । पछिल्लो समयमा सेना समायोजन विशेष समितिलाई पुर्णता दिएर माओवादीले अप्ठ्यारो फुकाउन सहयोग गरेकाको प्रधानमन्त्री नेपालको भनाई थियो । माओवादीले भनेजस्तो राष्ट्रिय सरकार वन्न नसक्ने भन्दै उहाले वर्तमान सरकारमा सहभागि हुनु माओवादीलाई आग्रह गर्नभयो । उहांले भन्नुभयो ः- माओवादी प्रतिपक्ष रहेपनि यो सरकार राष्ट्रिय सरकार नै हो र यसले आम निर्वाचन गरेपछि मात्र विश्राम लिन्छ ््< यसैविच नागरीक सर्वोच्चताको माग राख्दै आन्दोलनरत माओवादीका कार्यकर्ताले आज प्रधानमन्त्री नेपाललाई कार्यक्रम स्थलमै कालो झन्डा देखाएका छन् । उद्योग बणिज्य सघको कार्यालय भवन शिल्यान्याश गर्न सनसरीको सिहदेवि चोक पग्नु भएका प्रधानमन्त्री नेपालाई कार्यक्रम स्थलमा कालो झन्डा देखाएका हुन् । माओवादी कार्यकर्ताले इटहरीमा पनि कालो झन्डा देखाएका छन् । धरान जाने क्रममा माओवादीका कार्यकर्ताले इटहरी चोकमा कालो झन्डा देखाएका हुन् । माओवादीले हिजोदेखी प्रधानमन्त्री नेपालको सार्वजनिक कार्यक्रम वहिस्कार सुरु गरेको छ ।

No comments:

Post a Comment