Friday, August 28, 2009

संविधानको व्याख्या संसदबाट

काठमाडौं, भदौ १२ - संविधानसभाको न्यायप्रणाली समितिले राष्ट्रिय महत्वका पद र प्रमुख राजनीतिक मुद्दामा संविधानको व्याख्या संसदले गर्ने प्रस्ताव पारित गरेको छ । समितिम शुक्रबार भएको मतदानमा बहुमत सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव परित भएको हो । राष्ट्रिय महत्वका पद र अधिकार राजनीतिसंग प्रत्यक्ष सरोकार राख्ने र संविधान र कानुनसंग बाझिएको विषयमा सर्वोच्च अदालतले नभइ संसदले व्याख्या गर्ने प्रस्तावमा उल्लेख छ । उक्त प्रस्तावको पक्षमा २० र सर्वोच्च अदालतबाट व्याख्या हुनुपर्छ भन्ने पक्षमा १९ मत परेको थियो । माओवादी तथा मधेशवादी दलहरुले व्यवस्थापिकाबाट राष्टिय्र महत्वका पद र राजनीतिक मुद्दाको व्याख्या हुनुपर्ने पक्षमा मतदान गरेका थिए भने कांग्रेस र एमालेका सभासदहरुले विपक्षमा मतदान गरेका थिए । मधेशवादी दलको समर्थनका कारण सर्वोच्च अदालत बाहिरबाट प्रधानन्यायधीश नियुक्ति गर्न पाउने, न्यायधीशको नियुक्ति केन्द्र र राज्य तहबाट हुने लगायतका माओवादी प्रस्ताव पारित भइसकेको छ ।

No comments:

Post a Comment