Sunday, September 13, 2009

माओवादी समक्ष काग्रेसको पाँच विकल्प

राजकुमार श्रेष्ठ काठमाण्डौ भदौ २८ सत्तारुढ नेपाली कांग्रेसले माग सम्वोधन गरि राजनीतिक गतिरोध अन्त्यको लागि एकिकृत माओवादी समक्ष पाँच विकल्प प्रस्तुत गरेको छ । रिपोटस्र क्लव नेपालको साक्षातकारमा आज काग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले माओवादी समक्ष पाँच वोटा विकल्प प्रस्तुत गर्नुभयो । उहांले राष्ट्रपतिलाई महाअभियोग प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव सैनिक ऐन संशोधन नागरिक सर्वोच्ताका लागि दलहरुको सहमतिमा छुट्टै प्रस्ताव राष्टपति र प्रधानमन्त्रीको अधिकारबारे संविधान संशोधनको प्रश्ताव ल्याउन माओबादीलाई आग्रह गर्नुभयो । तर माओवादीले ससदमा दर्ता गरेकेा संकल्प प्रश्तावमाथीको छलफलका लागि भने कांग्रेस कुनै पनि हालतमा तयार नहुने उहांले बताउनु भयो । वर्तमान सरकारको कुनै विकल्प नभएको भन्दै उहांले सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रश्ताव आए पनि आफुहरुलाई मान्य नहुने वताउन भयो । कार्यक्रममा माओवादी प्रवक्ता दीनानाथ शर्माले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमबारे संकल्प प्रस्तावमा छलफल गर्न संसदको कुन नियमावली र ऐनले नभई सभामुखले कांग्रेस र एमालेको प्रभावमा रोकेको आरोप लगाउनु भयो । माओवादीले वार्ताका लागि तउयार रहेकेा भन्दै उहांले भन्नुभयो यदी समस्याको समाधान चाहने हो भने प्रधानमन्त्रीले ठोस प्रश्ताव लिएर आउनुपर्छ । एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले निर्धारित समयमै संविधान जारी नभए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनभयो ।sार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपतीका बारेमा संसदमा छलफल गर्न नसकिने वताउनभयो ।

No comments:

Post a Comment