Thursday, August 27, 2009

संसद बैठक कार्यसुचिमा प्रवेश नगरि स्थीगत

काठमाण्डौ, भदौ ११ एकीकृत माअेाबादीका सभासदहरुको नाराबाजी र रोष्टम घेराउका कारण व्यवस्थापिका संसदको आजको बैठक पनि कार्यसुचिमा प्रवेश नगरि स्थीगत भएको छ । बैठक सुरु भए लगत्तै माओबादी सभासदहरुलेसेनापती प्रकरणमा राष्ट्रपतीले चालेको कदम खारेज गर्न तथा राष्ट्रपतीको कदम विरुद्ध ससदमा दर्ता गरिएको संकल्प प्रश्स्तावमाथी छलफल गर्नु पर्ने माग गर्दै नाराबाजी र रोष्टम घेराउ गरेका हुन् । करिव आधा घण्टाको नारावाजी र रोष्टम घेराउपछि सभामुख सुभाषचन्द्र नेम्वाङ्गले ससदको वैठक भोलि दिउंसो सम्मका लागि स्थगित गर्नुभयो । राष्ट्रपतीको कदम खारेज नागरिक सर्वोच्चता लगायतका माग राख्दै माओवादीले साउन २३ गतेदेखी ससद अवरुद्ध पार्दै आएको छ ।

No comments:

Post a Comment