Wednesday, August 26, 2009

अन्मिनको भुमिका प्रति शान्तिमन्त्री असन्तुष्ट


राजकुमार श्रेष्ठ, काठमाण्डौ भदौ १०, शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङले माओबादी जनसेना तथा हतियारको अनुगमन गर्ने जिम्मेवारी पाएको अन्मिनको भुमिका प्रति असन्तुष्टि जनाउनु भएको छ ।रिपोर्टस क्लब नेपालको साक्षत्कारमा आज शान्ति मन्त्री नेम्वाङ्गले कपिलबस्तुमा माओवादी जनसेना हतियार सहित पक्राउ पर्नुले अन्मिनको अनुगमन फितलो भएको देखाएको वताउनुभयो । यस्तो घटना पुन दोहोरिए सरकार कडा रुपमा प्रस्तुत हुने भन्दै उहांले भन्नुभयो -अब फेरी माओवादी जनसेना शिविर बाहिर देखिएमा सरकार कडा कारवाही गर्न पछि पर्नै छैन । माओवादीको असहयोगका कारण शिविरमा रहेका अयोग्य जनसेनालाई कार्तिक भित्रमा बाहिर निकाल्ने सरकारी योजनामा प्रगति हुन नसकेको बताउनु भयो .

No comments:

Post a Comment