Sunday, September 20, 2009

द्धन्द्ध पिडितहरुलाई क्षतिपुर्ती दिने मन्त्री परिषदको निर्णय

धमला सहित ३ पत्रकारको मुद्धा फिर्ता
काठमाण्डौ ४, असोज, सरकारले माओवादी शशस्त्र द्धन्द्धका पिडितहरुलाई क्षतिपुर्ती दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवारमा आज वसेको मन्त्री परिषद वैठकले द्धन्द्धकालमा क्षती भएको निजि सम्पत्तिको क्षतिपुर्ती दिने निर्णय गरेको छ । क्षतीको मुल्यांकन गरि सिफारिस गर्न शान्ति मन्त्रीको सयोजकत्वमा ६ सदस्यीय समिती गठन गरेको संाचार मन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । वैठकले मधेश आन्दोलनका क्रममा घाईते भएकाहरुलाई उचित क्षतीपुर्ती दिने निर्णय गरेको मन्त्री पाखरेलले वताउनु भयो । यसैगरी मन्त्री परिषद वैठकले पत्रकारहरु ऋषी धमला रामसुभक महतो र विरेन्द्र केएमको मुद्धा पनि फिर्ता लिने निर्णय गरेको छ । भुमिगत संगठन रणविर सेनासग आवद्ध रहेको भन्दै माओवादी नेतृत्वको सरकारले उनिहरु विरुद्ध सार्वजनिक अपराध अन्तगर्त मुद्धा चलाएको थियो । मन्त्री परिषदको वैठकले नया ढङ्गबाट अगाडी जाने भन्दै मुलुक भर रहेका अस्पतालहरुको समिती विघटन गर्ने तथा राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव नम्वर १ २ ३ ५ र ८ को कार्यान्वयन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ

No comments:

Post a Comment