Tuesday, August 25, 2009

माओवादी जनसेना हतियार सहित शिविरवाट वाहिर निस्कनु शान्ति सम्झौता विपरित-अन्मिन


शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउन माओवादी गम्भीर नभएको काग्रेसको ठहर

राजकुमार श्रेष्ठ, काठमाण्डौ,भदौ ९, राष्ट्र संघिय नेपाल मिसन अन्मिनले माओवादी जनसेना हतियार सहित शिविरवाट वाहिर निस्कनु शान्ति सम्झौता विपरित भएको ठहर गरेको छ । चौथो भिडिजनका १९ जना माओवादी जनसेना हतियार सहित कपिलवस्तुमा पक्राउ गरेको घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै अन्मिनले माओवादीवाट शान्ति सम्झौता र हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौतामा व्यक्त प्रतिबद्धताहरुको उल्लङ्घन भएको जनाएको छ । साथै अन्मिनले विज्ञप्ती जारी गरि कपिलवस्तु घटनावारे सयुक्त अनुगमन समन्यन समितिमा छलफल गर्ने प्रतिवद्धता जनाएको छ । यसअघि आजै विराटनगरमा साचारकर्मीहरु भएको भेटमा अन्मिन प्रमुख करिन ल्याण्डगि्रनले माओवादी जनसेना हतियार सहित क्यान्टोनमेन्टमा वाहिर निस्कनु वृहत शान्ति सम्झौता विपरित भएको बताउनु भएको थियो ।

यसैविच नेपाली काग्रेसले जारी शान्ति प्रकृयालाई निश्कर्षमा पुर् याउन एकिकृत नेकपा माओवादी गम्भीर नभएको ठहर गरेको छ । काग्रेस ससदिय दलको आज सिहदरवारमा वसेको वैठकले माओवादी जनसेना हतियार सहित शिविरवाट वाहिर निस्कनु शान्ति सम्झौता विपरित भएको निष्कर्ष पनि निकालेको छ । माओवादी जनसेना हतियार सहित शिविरवाट वाहिर निस्कदा जनतामा आतंक फैलिएको भन्दै वैठकले पक्राउ परेका जनसेनामाथी कारवहि गर्न माग गरेको छ । सेना तथा हतियारको अनुगमन गर्ने जिम्मेवारी पाएको अन्मिनले दायित्व पुरा नगरेको भन्दै काग्रेसले सरकार र अन्मिनकेा ध्यानकर्षण पनि गराएको छ ।


अन्मिनको विज्ञप्तीको पुर्णवाठ

कपिलवस्तुमा २४ अगस्तमा भएको घटनाको सूचना पाएपछि अन्मिनले हतियार अनुगमनकर्ताहरुको एउटा टोलीलाई त्यसतर्फ पठायो । यो टोली जिल्ला प्रशासन कार्यालयमा १७४५ बजे पुगेर प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अधिकारीहरु र माओवादी सेनाको चौथो डिभिजनका भाइस कमाण्डर पावेललाई भेट्यो ।उक्त टोलीले माओवादी सेनाका १९ जना सदस्य नै प्रमाणीत लडाकु भएको निक्र्यौल गर् यो । यसका साथै टोलीले नौ वटा हतियारमा बार कोड तथा सिरियल नम्बर रहेको र ती हतियारहरु चौथो मुख्य शिविरको सुरक्षा प्रयोजनका लागि अन्मिनले दर्ता गरेको निक्र्यौल गर् यो ।उक्त दिन २१३० बजे प्रमुख जिल्ला अधिकारीले माओवादी सेनाका सदस्यहरुलाई रिहा गर्न स्वीकृति दिए र त्यसपछि प्रहरी तथा हतियार अनुगमनकर्ताहरुसँगै माओवादी सेनाका सदस्यहरु चौथो मुख्य शिविर तथा प्रथम सहायक शिविरमा फर्किए । ती हतियारहरु चौथो मुख्य शिविरमा फर्काइएको छ।उक्त घटनाका बारेमा अन्मिनले गम्भीर चिन्ता व्यक्त गरेको छ र यो घटनामा सन् २००६ को डिसेम्बर महिनामा नेपाल कम्युनिष्ट पार्टी माओवादी र अन्तिरम सरकारद्वारा हस्ताक्षरित हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा व्यक्त प्रतिबद्धताहरुको उल्लङ्घन भएको छ । यसमा माओवादी सेनाको शिविरको सुरक्षाका लागि हतियारको प्रयोगसम्बन्धी प्रावधान ४।१।२ हतियार राख्ने तथा बोक्नेसम्बन्धी प्रावधान ५।१।१ तथा अनाधिकृत सैनिक गतिविधिसम्बन्धी प्रावधान ५।३।२ लगायतका सम्झौताका प्रावधानहरु सान्दर्भिक छन् । यससम्बन्धमा अन्मिनले अनुसन्धानलाई जारी राख्नेछ ।हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालना भए-नभएको अनुगमन गर्ने जिम्मेबार निकाय संयुक्त अनुगमन समन्वय समिति जेएमसीसी को निकट भविष्यमा हुने बैठकमा यो घटनाका बारेमा छलफल गरिनेछ ।

No comments:

Post a Comment