Friday, September 18, 2009

समाजमा पर्नस्थापनाका लागि तयार रहन अयोग्य जनसेनाहरुलाई प्रचण्डको निर्देशन

चितवन, असोज २, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समाजमा पर्नस्थापनाका लागि तयार रहन अयोग्य जनसेनाहरुलाई निर्देशन दिनु भएको छ । चितवनको शक्तिखोरस्थीत तेश्रो डिभिजनमा जनसेनाहरुलामई प्रशिक्षण दिर्दै अध्यक्ष प्रचण्डले अन्मिनले अयोग्य ठहर् याएकाहरुलाई समाजमा पर्नस्थापना गरिने वताउनु भयो । योग्य जनसेनाहरुलाई नेपाली सेनामा समायोजन गरिने भन्दै उहांले वाहिरको हल्लाको पछि नलाग्न पनि सुझाव दिनुभयो । अध्यक्ष प्रचण्डले सेना समायोजन सम्वन्धी विषेश समितिको निेर्देशनमा इमान्दरीका साथ काम गर्न पनि जनसेनालाई निर्देशन दिनु भयो । जनसेनाका कमाण्डरहरुले भने आफुहरुलाई नेपाली सेनामा समायोजन गर्न पहल थाल्ने सुझाव दिएको श्रोतले जनाएको छ । प्रशिक्षण कार्यक्रममा माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण उपाध्यक्षद्धय डाक्टर वावुराम भट्टराई नारायणकाजी श्रेष्ठ सहितका शिर्ष नेताहरु तथा सात वटै डिभिजनका कमाण्डरहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment