Monday, August 31, 2009

माओवादीको स्थायी समितिको बैठक आज देखि सुरु

काठमाडौ, भदौ १५, पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न एकीकृत माओवादीको स्थायी समितिको बैठक आज देखि सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको बैठकमा हालै सम्पन्न कार्यकर्ता प्रशिक्षणको समिक्षा भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । नागरिक सर्वोच्चता र प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमको विरोधमा भइरहेको आन्दोलन सफल भएको ठहर बैठकले गरेको छ ।बैठकमा केन्द्रीय संगठन तथा विभागका प्रमुखहरुले आफ्नो क्षेत्रमा भइरहेको काम कारवाहीको बारेमा जानकारी गराएका छन् । आगामी माघमा गर्ने भनिएको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने स्थायी समितिको अर्को बैठक भोली पुन बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment