Sunday, September 20, 2009

कुनै सम्झौता हदैन ः- प्रचण्ड

राजकुमार श्रेष्ठ, काठमाण्डौ ४, असोज, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका विषयमा कुनै सम्झौता नहुने वताउनु भएको छ । माओवादीले नागरिक सर्वोच्चता र सेनापती प्रकरणमा राष्ट्रपतीले चालेको असंवैधानिक कदम वारे विश्व समुदायलाई जानकारी गराएको भन्दै उहांले आवश्यक सम्बोधनपछि मात्र केही लचकता अपनाउन सकिने वताउनु भयो । माओवादीको नेवा राज्य समितिको वैठकमा आज अध्यक्ष प्रचण्डले पछिल्लो समय काँगे्रस र एमालेले केही लचक देखिएको वताउनुभयो । साथै उहांले नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमको विषयमा ससदमा साझा संकल्प प्रस्ताव लैजाने वा संविधान संशोधन गर्ने भन्ने विषयमा प्रमुख तिन दलबीच भोलि छलफल हुने जानकारी समेत दिनुभयो । भोलि वस्ने तिन दलको बैठकले सदन सुचारु गर्ने विषयमा कुनै न कुनै टुंङ्गो लगाउने माओवादी अध्यक्ष प्रचण्डको विश्वास थियो ।

No comments:

Post a Comment