Wednesday, August 26, 2009

नेपालीमा सपथ लिन उपराष्ट्रपतिलाई राष्ट्रपतिको पुन आग्रह

पुन सपथ लिन्न वरु राजिनामा दिन्छु-उपराष्ट्रपति

राजकुमार श्रेष्ठ, काठमाण्डौ भदौ १०, राष्ट्रपति डाक्टर रामवरण यादवले सर्वोच्चको फैसलालाई सम्मान गर्दै नेपाली भाषामा सपथ लिन उपराष्ट्रपति परमानन्द झालाई पुन सुझाव दिनु भएको छ । भाषिक आन्दोलनका अगुवाहरुसंग आज आफ्नै कार्यालयमा भएको भेटमा राष्ट्रपति डाक्टर यादवले संविधानको पालक भएकाले उपराष्ट्रपती झाले सर्वोच्चको फैसलालाई पालना गर्दै नेपाली भाषामा पुनः सपथ लिनुपर्ने बताउनु भएको छ । भेटमा भाषिक आन्दोलनका अगुवाहरुले सबै मातृ भाषालाई राष्ट्र भाषाको मान्य दिईसकेकाले उपराष्ट्रपति झालाई पनि मातृ भाषामा सपथ लिने व्यवस्था मिलाउन आग्रह गरेको भाषिक आन्दोलनका अगुवा परशुराम तामाङ्गले जानकारी दिनुभयो । यसैविच उपराष्ट्रपती परमानन्द झाले नेपाली भाषामा पुन सपथ लिनु परे आफ्नो पदवाट राजिनामा दिने घोषणा गर्नू भएको छ । सर्वोच्च अदालतले आईतवार ७ दिन भित्र नेपाली भाषामा पुन सपथ नलिने उपराष्ट्रपती स्वत पद मुक्त हुने फैसला सुनाएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्नु भएका उपराष्ट्रपती झाले सर्वोच्चको फैसलाको सम्मान गर्दै पदवाट राजिनामा दिने वताउनु भयो । भाषिक आन्दोलनको अगुवाहरुसंग आज भएको भेटमा उपराष्ट्रपती झाले आफुले नेपाली भाषामा पुन सपथ नलिने वरु राजिनामा दिने वताउनु भयो । उपराष्ट्रपतीको कार्यालयमा भएको भेटमा भाषिक आन्दोलनको अगुवाहरुहरुले भने पुन सपथ लिन परे मातृ भाषामा सपथ लिन सुझाव दिएको आदिवासी जनजाती महासंघका अध्यक्ष एव सभासद पासाङ्ग शेर्पाले जानकारी दिनुभयो । सर्वोच्च अदालतले आईतवार ७ दिनभित्र नेपाली भाषामा पुन सपथ नलिए स्वद उपराष्ट्रपती पदमुक्त हुने फैसला सुनाएको छ ।

No comments:

Post a Comment