Wednesday, September 23, 2009

एमालेद्धारा दलहरुसग वार्ता गर्न वार्ता टोली गठन

काठमाण्डौ, असोज, ७, सत्तारुढ न्ोकपा एमालेले राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुसग वार्ता गर्न ७ सयस्यीय वार्ता टोली गठन गरेको छ । एमाले स्थायी समितिको आज वसेको वैठकले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा गठन गरेको वार्ता टोलीमा युवराज ज्ञवाली प्रदिप ज्ञवाली केशव बडाल रामचन्द्र झा उर्मिला अर्याल र पर्शुनिधि गुरुङ सदस्य रहनु भएको छ । वैठकले जनकपुर अाचलको धनुषा महोत्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउने जिम्मा उपाध्यक्ष वामदेव गौतमलाई दिएको छ । विभिन्न जिल्लामा देखिएको विवाद समाधानको उपाय खोज्न नेता केशव वडालको संयजोजकत्वमा गठित कार्यदलको सझावका आधारमा विवाद समाधन गर्ने जिम्मेवारी गौतमलाई दिइएको उपाध्यक्ष असोक राईले जानकारी दिनभयो ।स्थायी समिति वैठकले केशव वडालको संयोजक रहेको ११ सदस्यीय नेपाली वर्ग विश्लेषण सम्बन्धी कार्यदल पनि गठन गरेको छ ।

असोज २१ गतेसम्म सहमती नभए सरकार ढल्छ प्रचण्ड

पाल्पा, असोज, ७, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज २१ गतेसम्म सहमति नबने वर्तमान सरकार ढल्ने बताउनु भएको छ । गतिरोध अन्त्यका लागि दलहरुविच सहमती नभए वजेट पारित हुन नदिने भन्दै उहांले ससद सुचारु हुनु अगावै सहमती नभए सरकार ढल्ने वताउन भयो । मगरात राज्य समितिले पाल्पाको तानसेनमा आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकार विरुद्ध अविश्वासकेा प्रस्ताव पनि लान समिने वताउन भयो । शान्तिपूर्ण तरिकाले निकाश निस्कियोस भन्ने आफूहरुले चाहेको उल्लेख गर्दै उहाले सहमतीका लागि सत्तारुढ दलहरु गम्भीर नभएको आरोप लगाउन भयो । सेनापति राष्ट्रपतिले प्रकरणमा चालेको कदम सच्चिनुपर्ने भन्दै उहांले एमालेको बहुमत र कांग्रेसका केही सदस्य राष्टपतीले गलत गरेको भन्ने पक्षमा रहेको वताउन भयो । रोल्पा जाने क्रममा परिवारका सदस्यहरुसग पाल्पा पुग्नु भएका प्रचण्डले माओवादी युद्धको वेलामा ध्वस्त पारिएको निर्माणाधिन भवनको अवलोकन तथा श्रीनगर डाडामा निर्माणाधिन भ्यू टावर तथा तानसेनकै धवल पुस्तकालयको पनि अवलोकन गर्नु भएको थियो ।

अव लडाईको थलो काठमाण्डौ वावुराम

ललितपर, असोज, ७ , एकिकृत माओवादीका उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले जनगणतन्त्रको निर्णायक लडाईको थलो काठमाण्डौ उपत्यका हुने बताउनु भएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आज ललितपुरमा गरेकेा कार्यक्रममा उपाध्यक्ष डाक्टर भट्टराईले केन्द्रिय सत्ताको लागि अब हुने लडाईको थलो काठमाण्डौ उपत्यका हुने बताउनु भयो । प्रतिगामी शक्तिहरु ग्ोालवन्द हुदैँ गएको भन्दै उहांले अग्रगामी र प्रतिगमनकारी शक्ति बिच भिषण मुठभेडको तयारी भइरहेको बताउनु भयो । जातिय आधारमा संघहरु निमार्ण गर्दा देश टुक्रन्छ भन्ने काँग्रेस सभापती गिरिजाप्रसाद कोइरालाको भनाई खण्डन गर्दै उपाध्यक्ष डाक्टर भट्टराईले काँग्रेसमा अझै पनि पृथ्वीनारायण शाहको पालाको चिन्तन हावी रहेको टिप्पणी गर्नुभयो ।

सविधान निमार्ण मुख्य एजेण्डा खनाल

काठमाण्डौ, असोज, ७, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको नेतृत्व भन्दा सविधान निमार्ण आफ्नो दलकेा मुख्य एजेण्डा भएको बताउनु भएको छ । आइक्यापको साधारणसभामा भाग लिन काजकिस्तान जाने क्रममा त्रिभुवन विमानस्थलमा संाचारकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले सविधान निमार्ण गर्न प्रमख दलहरु एक जुट भए सरकारको नेतृत्व जसले गरेपनि फरक नपर्ने वताउनु भयो ।सरकार ढल्ने र नढल्ने विषय बेकारको भएको भन्दै उहांले भन्नुभयोः-हामी सरकारको नेतृत्व कसले गर्ने र कस्तो सरकार बनाउने भन्ने विषयलाई मुख्य ठान्दैनौ । गतिरोध अन्त्यका लागी दलहरुबिच छलफल तिव्र बनाउनुपर्ने भन्दै उहांले तिहार लगतै आन्दोलन चर्काउने माओवादी चेतावनीले कुनै अर्थ नराख्ने बताउनु भयो । सरकार ढाल्ने र नढाल्ने ढल्ने र नढल्ने बेकारको हौवा मात्र हो खनालले भन्नुभयो ः- यस्ता हैवाको पछि लाग्नु जरुरी छैन । भोलि देखि ३ दिन सम्म चल्ने आइक्यापको साधारणसभाका क्रममा अध्यक्ष खनालले विभिन्न देशका नेताहरुसंग मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान निर्माण तथा जारी शान्ति प्रकि्रया लगायतका विषयमा छलफल गर्नु हुनेछ ।

शान्ति सेनालाई निरन्तरता दिने नेपालको प्रतिबद्धता

अमेरिका असोज ७ नेपालले राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यक्रममा शान्ति सेना तथा प्रहरी पठाउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपती बाराक ओवामाद्धारा आयोजित शान्ति स्थापना कार्यक्रममा सेना तथा प्रहरी पठाउने विश्वका १० प्रमुख देशको वैठकमा सम्वोधन गर्दै प्रधानमन्त्री माधवकुमार शान्ति सेना तथा प्रहरी पठाउने कार्यलाई नेपालले निरन्तरता दिने वताउन भयो । साथै उहांले शान्ति सेनाको डफ्फालाई आवश्यक पर्ने वन्दोवस्ती सामानको सहयोग पाएमा नेपालले शान्ति सेनाको संख्या वढाउने सक्ने वताउन भयो । उहांले शान्तिसेनामा योगदान गर्ने राष्ट्रहरुलाई थप बन्दोवस्तीय समर्थन र तालीम प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । शान्ति कार्यलाई जगेर्ना र पुनर्निमाणको कार्यसंग राम्ररी मिलाउन नसकेसम्म ¢न्¢को पुनराबृत्ति हुने र अझ जटिल अवस्था आउन सक्ने संभावना रहने भन्दै प्रधानमन्त्री नेपालले सरोकारवालाहरु वीच कार्यगत एकता आवश्यक रहेको वताउनु भयो ।

Sunday, September 20, 2009

सेनाले सदवै नागरिक सर्वोच्चताको सम्ान गरेको छ ः- प्रधानमन्त्री

भक्तपुर, ४, असोज, प्रधानमन्त्री माधाव कुमार नेपालले नेपाली सेनाले सदैव नागरिक सर्वोच्चताको सम्मान गर्दै आएको वताउनु भएको छ । सैनिक तालिम केन्द्र भक्तपुर खरीपार्टीमा आज आयोजित अधिकृत आधारभुत तालिमको समापन कार्यक्रममा प्रधानमन्त्री नेपालले इतिहासका विभिन्न काल खन्डमा सेनाले नागरिक सर्वोच्वतालाई आत्मासात गरेको वताउनु भयो । साथै प्रधानमन्त्री नेपालले राष्ट्रियता र सार्वभौमसत्ताको सरक्षण गर्ने जिम्मेवारी सेनाको काधमा आएको वताउन भयो । सेना जननिर्वाचित सरकारको मातहतमा रहेको भन्दै उहांले इमान्दारी पर्वक राष्ट्र र जनताको पक्षमा काम गर्न पनि निर्देशन दिनु भयो । सेनाको परिचय भन्नु नै अनुशासन भएकेा भन्दै उहांले भन्नुभयो ः- भविश्यमा चुनौती र व्यवधान आउन सक्छन तनमनले राष्ट्रको सेजा गर्नुहोस । विश्व शान्ति स्थापनामा सेनाले खेलेको भुमिका राष्ट्रको लागि गौरवको विषयमा भएको भन्दै प्रधानमन्त्री नेपालले अनुशाशित भएका काम गर्न तथा मावनअधिकार उलंघनका घटना हन नदिन पनि निर्देशन दिनुभएको छ । कार्यक्रममा प्रधानमन्त्री नेपालले सेनाका अधिकृत आधारभुत तालिम सम्पन्न गरेका १ सय ८१ जनालाई आयुक्त पद प्रदान गर्नुभएको थियो ।

द्धन्द्ध पिडितहरुलाई क्षतिपुर्ती दिने मन्त्री परिषदको निर्णय

धमला सहित ३ पत्रकारको मुद्धा फिर्ता
काठमाण्डौ ४, असोज, सरकारले माओवादी शशस्त्र द्धन्द्धका पिडितहरुलाई क्षतिपुर्ती दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवारमा आज वसेको मन्त्री परिषद वैठकले द्धन्द्धकालमा क्षती भएको निजि सम्पत्तिको क्षतिपुर्ती दिने निर्णय गरेको छ । क्षतीको मुल्यांकन गरि सिफारिस गर्न शान्ति मन्त्रीको सयोजकत्वमा ६ सदस्यीय समिती गठन गरेको संाचार मन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । वैठकले मधेश आन्दोलनका क्रममा घाईते भएकाहरुलाई उचित क्षतीपुर्ती दिने निर्णय गरेको मन्त्री पाखरेलले वताउनु भयो । यसैगरी मन्त्री परिषद वैठकले पत्रकारहरु ऋषी धमला रामसुभक महतो र विरेन्द्र केएमको मुद्धा पनि फिर्ता लिने निर्णय गरेको छ । भुमिगत संगठन रणविर सेनासग आवद्ध रहेको भन्दै माओवादी नेतृत्वको सरकारले उनिहरु विरुद्ध सार्वजनिक अपराध अन्तगर्त मुद्धा चलाएको थियो । मन्त्री परिषदको वैठकले नया ढङ्गबाट अगाडी जाने भन्दै मुलुक भर रहेका अस्पतालहरुको समिती विघटन गर्ने तथा राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव नम्वर १ २ ३ ५ र ८ को कार्यान्वयन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ

कुनै सम्झौता हदैन ः- प्रचण्ड

राजकुमार श्रेष्ठ, काठमाण्डौ ४, असोज, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका विषयमा कुनै सम्झौता नहुने वताउनु भएको छ । माओवादीले नागरिक सर्वोच्चता र सेनापती प्रकरणमा राष्ट्रपतीले चालेको असंवैधानिक कदम वारे विश्व समुदायलाई जानकारी गराएको भन्दै उहांले आवश्यक सम्बोधनपछि मात्र केही लचकता अपनाउन सकिने वताउनु भयो । माओवादीको नेवा राज्य समितिको वैठकमा आज अध्यक्ष प्रचण्डले पछिल्लो समय काँगे्रस र एमालेले केही लचक देखिएको वताउनुभयो । साथै उहांले नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमको विषयमा ससदमा साझा संकल्प प्रस्ताव लैजाने वा संविधान संशोधन गर्ने भन्ने विषयमा प्रमुख तिन दलबीच भोलि छलफल हुने जानकारी समेत दिनुभयो । भोलि वस्ने तिन दलको बैठकले सदन सुचारु गर्ने विषयमा कुनै न कुनै टुंङ्गो लगाउने माओवादी अध्यक्ष प्रचण्डको विश्वास थियो ।

Friday, September 18, 2009

समाजमा पर्नस्थापनाका लागि तयार रहन अयोग्य जनसेनाहरुलाई प्रचण्डको निर्देशन

चितवन, असोज २, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समाजमा पर्नस्थापनाका लागि तयार रहन अयोग्य जनसेनाहरुलाई निर्देशन दिनु भएको छ । चितवनको शक्तिखोरस्थीत तेश्रो डिभिजनमा जनसेनाहरुलामई प्रशिक्षण दिर्दै अध्यक्ष प्रचण्डले अन्मिनले अयोग्य ठहर् याएकाहरुलाई समाजमा पर्नस्थापना गरिने वताउनु भयो । योग्य जनसेनाहरुलाई नेपाली सेनामा समायोजन गरिने भन्दै उहांले वाहिरको हल्लाको पछि नलाग्न पनि सुझाव दिनुभयो । अध्यक्ष प्रचण्डले सेना समायोजन सम्वन्धी विषेश समितिको निेर्देशनमा इमान्दरीका साथ काम गर्न पनि जनसेनालाई निर्देशन दिनु भयो । जनसेनाका कमाण्डरहरुले भने आफुहरुलाई नेपाली सेनामा समायोजन गर्न पहल थाल्ने सुझाव दिएको श्रोतले जनाएको छ । प्रशिक्षण कार्यक्रममा माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण उपाध्यक्षद्धय डाक्टर वावुराम भट्टराई नारायणकाजी श्रेष्ठ सहितका शिर्ष नेताहरु तथा सात वटै डिभिजनका कमाण्डरहरुको सहभागिता रहेको थियो ।

दशै-तिहारपछि निर्णायक आन्दोलन ःप्रचण्ड

प्रधानमन्त्री नेपाललाई राजिनामा दिन सुझाव-
चितवन, असोज २, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशै-तिहारपछि निर्णायक आन्दोलन गर्ने उद्घोष गर्नु भएको छ । चितवनको नारायणगढस्थीत क्याम्प चौरमा आज आयोजित जनसभालाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले दशै-तिहारपछि गरिने निर्णयक आन्दोलन गरिने भन्दै त्यसका लागि तयार रहन चितवनवासीलाई आग्रह गर्नु भयो । अवकेा आन्दोलन विद्रोहको आन्दोलन हुने भन्दै उहांले भन्नुभयो ः- दशैपछि निर्णयक आन्दोलन हुन्छ जुन विद्रोहको आन्दोलन हुनेछ । नागरिक सर्वोच्चताका लागि माओवादीको नेतृत्वमा हुने अवको जनविद्रोह संसारकै लागि आश्चर्यजनक हुने उहांको भनाई थियो । अहिलेको आन्दोलन ट्रलर मात्र भएको भन्दै उहांले भन्नुभयो ः- जनताले पुरै जित्ने दिन नजिक आउदैछ त्यो दिन फटाहहरुले परै हार्ने दिन हुनेछ । संविधान निर्माणको नेतृत्व माओवादीलाई नदिई जनविद्रोह मार्फंत सत्ता आफ्नो हातमा लिई जनताले दिएको संविधान निर्माणको म्यान्डेट पुरा गर्ने उहांले बताउनु भयो । हारेकाहरुले देश चलाउनु भनेको उल्टो गंगा वग्नु भएको भन्दै उहांले जनताको सर्वोच्चताका लागि राजिनामा दिन प्रधानमन्त्री माधवक्रमार नेपाललाई आग्रह गर्न भयो ।

एसएलसी परक परिक्षाको नतिजा प्रकाशित

भक्तपुर, असोज २, २०६५ सालको प्रवेशिका परिक्षा एस एल सीको परक परिक्षाको नतिजा आज प्रकाशित भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज प्रकाशित गरेको नतिजामा ७१ दशमलव ४१ प्रतिशत उतिर्ण भएका छन् । पुरक परिक्षामा ९३ हजार १ सय ८९ परिक्षाथी सहभागी भएको ६६ हजार ५ सय ४३ परिक्षार्थी उतिर्ण भएका हुन् । परिक्षामा नियमित तर्फ ७५ हजार ९ सय ६५ मध्ये ६५ हजार २ सय ६ र एक्जाम्टेड तर्फ १७ हजार २ सय २४ मध्ये १० हजार ३ सय ३७ उतिर्ण भएका छन् । आज प्रकाशित नजिता नेपाल टेलिकमको मोवाईवाट १४०० मा एस एम एस र ल्याण्ड लाईन टेलिफोनवाट १०६६ मा फोन गरेर थाहा पाउन सकिनेछ ।

Sunday, September 13, 2009

सर्वोच्च होइन उपराष्ट्रपती पुर्वाग्रही ः- प्रधानन्याधिस

काठमाडौं २८ भदौ, प्रधानन्याधिस मिनबहादुर रायमाझीले उपराष्ट्रपती सपथ प्रकरणमा सर्वोच्च अदालतको फैसला फर्वाग्रही नरहेको प्रष्ट पार्न भएको छ । प्रधानन्याधिसमा नियुक्त भएको ४ महिना पुगेको अवसरमा आज पत्रकारहरुसंग कुरा गर्दै प्रधानन्याधिस रायमाझीले उपराष्ट्रपती परमानन्द झाले हिन्दीमा लिएको सपथ विरुद्ध दायर मुद्धाको आधारमै कानुन बमोजिम फैसला भएको बताउनु भयो । चरेश काण्ड छानविन समितिमा सहभागी भएकै कारण उपराष्ट्रपति झाले वदनाम गराउन पुर्वाग्रहिको आरोप लगाएको बताउनुभयो । न्यायधिस हुंदा थुप्रै मुद्धामा संगै फैसाला गरेको स्मरण गर्दै्र प्रधानन्याधिस रायमाझीले उपराष्ट्रपति झासंग आफ्नो कुनै पूर्वाग्राही नभएको बताउनु भयो । ऋाफले हिन्दीमा लिएको सपथ खारेज गर्ने तथा ७ दिन भित्र नेपालीमा पुन सपथ नलिने सर्वोच्चको फैसला पुर्वाग्रहि भएको आरोप उपराष्ट्रपतीको छ । यसैविच मुलुकभरका १७ वटा अदालतबाट भए गरेका कामकारवाहीबारे जानकारी लिन सर्वोच्चमा सिसिटीभी आजै देखि साचालनमा ल्याइएको छ । आगामी १ वर्ष भित्र देशभरका ५५ जिल्ला अदालतबाट भए गरेका कामकारवाहीबारे जानकारी लिन सिसिटीभीको व्यवस्था गरिने सर्वोच्चले जनाएको छ । अदालतको कामकारवाहीलाई चुस्त र दुरुस्त बनाउनका लागि ई-जस्टिसको सेवा पनि साचालनमा ल्याइएको प्रधानन्यायाधिश रायमाझाीले जानकारी दिनुभयो ।

माओवादी समक्ष काग्रेसको पाँच विकल्प

राजकुमार श्रेष्ठ काठमाण्डौ भदौ २८ सत्तारुढ नेपाली कांग्रेसले माग सम्वोधन गरि राजनीतिक गतिरोध अन्त्यको लागि एकिकृत माओवादी समक्ष पाँच विकल्प प्रस्तुत गरेको छ । रिपोटस्र क्लव नेपालको साक्षातकारमा आज काग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले माओवादी समक्ष पाँच वोटा विकल्प प्रस्तुत गर्नुभयो । उहांले राष्ट्रपतिलाई महाअभियोग प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव सैनिक ऐन संशोधन नागरिक सर्वोच्ताका लागि दलहरुको सहमतिमा छुट्टै प्रस्ताव राष्टपति र प्रधानमन्त्रीको अधिकारबारे संविधान संशोधनको प्रश्ताव ल्याउन माओबादीलाई आग्रह गर्नुभयो । तर माओवादीले ससदमा दर्ता गरेकेा संकल्प प्रश्तावमाथीको छलफलका लागि भने कांग्रेस कुनै पनि हालतमा तयार नहुने उहांले बताउनु भयो । वर्तमान सरकारको कुनै विकल्प नभएको भन्दै उहांले सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रश्ताव आए पनि आफुहरुलाई मान्य नहुने वताउन भयो । कार्यक्रममा माओवादी प्रवक्ता दीनानाथ शर्माले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमबारे संकल्प प्रस्तावमा छलफल गर्न संसदको कुन नियमावली र ऐनले नभई सभामुखले कांग्रेस र एमालेको प्रभावमा रोकेको आरोप लगाउनु भयो । माओवादीले वार्ताका लागि तउयार रहेकेा भन्दै उहांले भन्नुभयो यदी समस्याको समाधान चाहने हो भने प्रधानमन्त्रीले ठोस प्रश्ताव लिएर आउनुपर्छ । एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले निर्धारित समयमै संविधान जारी नभए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनभयो ।sार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रपतीका बारेमा संसदमा छलफल गर्न नसकिने वताउनभयो ।

Monday, September 7, 2009

पराष्ट्रपतीको सेवा सुविधा फिर्ता लिएकोमा सत्तारुढ मधेसवादी ३ दलको आपत्ति

काठमाडौं भदौ २२, सत्तारुढ मधेसवादी ३ दलले सरकारले उपराष्ट्रपती परमानन्द झाको सेवा सुविधा फिर्ता लिएकोमा आपत्ति जनाएका छन् । सिहदरवारमा आज वसेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको वैठकले मन्त्री परिषदमा निर्णय विना सेवा-सुविधा कटौती गरेर सरकारले उपराष्ट्रपतिको अपमान गरेको ठहर गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार नेपाली भाषामा पुन नपथ नलिएपछि सरकारले हालै उपराष्ट्रपतीको सेवा सुविधा फिर्ता लिएको थियो । मधेशवादी ३ दलले सपथ विवादको समाधानका लागि मातृ भाषामा सपथ लिने व्यवस्था गरि अन्तरिम संविधान संसोधन गर्नु पर्नेमा जोड दिएको छ । वैठकले संविधान संसोधनका लागि संसदको अवरोध हटाउन माओवादीलाई आग्रह पनि गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । यसैगरी सत्तारुढ ३ मधेशवादी दलले समर्थन फिर्ता नलिने निर्णय गरेको छ । उपराष्ट्रपतीको सेवा सुविधा फिर्ताले सत्ता समिकरणमा कुनै असर नपर्ने भन्दै ३ दलको वैठकले समर्थन फिर्ता लिन फोरम लोकतान्त्रिकका सभासदले दिएको दवाव अस्विकार गरेको छ ।

Thursday, September 3, 2009

१३ वटा स्वायत्त प्रदेश र ४ वटा केन्द्र शासित क्षेत्र सहित १७ राज्यको प्रस्ताव

स्थानिय निकायको कामकाज स्थानिय समितिवाट गर्ने निर्णय
Raj kumar Shrestha, Kathmandu Bhadau 18, एकिकृत नेकपा माओवादीले १३ वटा स्वायत्त प्रदेश र ४ वटा केन्द्र शासित क्षेत्र सहित १७ राज्यको प्रस्ताव गरेको छ । संविधानसभा अन्तगर्तको राज्य पुर्नसंरचना तथा राज्य शक्ति वाँडफाँड समितिको सिहदरवारमा आजको वैठकमा १४ राज्यको यसअघिको प्रस्ताव परिर्वतन गर्दै माओवादीले राज्य पुर्नसंरचना सम्वन्धी नयाँ अवधारणा पेश गरेको छ । माओवादीको प्रस्ताव अनुसार १३ वटा स्वायक्त प्रदेश सहित भौगालिक र प्रशासनिक आधारमा केन्द्र शासित रिडि नारायणी तामाकोशी र बिजयपुर क्षेत्रको अवधारणा अघि सारेको छ । यि क्षेत्रहरु केन्द्रबाट संचालित हुने छन् । माओवादीको प्रस्तावमा विभिन्न प्रदेशभित्र स्वायक्त ईलाका गाँउ संरक्षित क्षेत्र रहने छन् । यसैविच माओवादीले स्थानिय निकायको कामकाज संयुक्त राष्ट्रिय जनआन्दोलनको स्थानिय समितिवाट गर्ने निर्णय गरेको छ । माओवादी स्थायी समितिको आज वसेको वैठकले कागे्रस र एमालेले एकलोटि रुपमा स्थानिय निकाय संाचालन गरेको ठहर गर्दै समानुपातिक प्रणालीमा स्थानिय निकाय गठन नभएसम्म स्थानिय आन्दोलन समितिवाट काम गर्ने निर्णय गरेको छ ।
वैठकले माघ १५ मा हुने महाधिवेशनको तयारी तिव्र पार्ने निर्णय गरेको छ । वैठकले पार्टी सदस्यता आजवाट वितरण नगर्ने तथा कार्तिक १५ सतेवाट कि्रयाििसल सदस्यता नविकरण थाल्ने निर्णय पनि गरेको उपाध्यक्ष डाक्टर वावुराम भट्टराईले जानकारी दिनुभयो । वैठकले १५ वुदे आचार सहिता पुर्ण पालना गर्न तथा असौजसम्ममा सम्पती विवरण वुझाउन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएको छ ।

Wednesday, September 2, 2009

देशभरका स्वास्थ्य संस्थाका सेवा ठप्प

नेपाल नसर्िङ्ग संघ आन्दोलनमा, ६ वुंदे सहमति कार्यान्वयनको माग
काठमाडौं भदौ १७ - ६ वुंदे सहमति कार्यान्वयनको माग गर्दै नेपाल नसर्िङ्ग संघले आज देशभरका स्वास्थ्य संस्थाका अकस्मिक वाहेक सम्पुर्ण सेवा ठप्प पारेका छन् । सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएको नसिङ्ग सघले सरकारी स्वास्थ्य चौकीदेखी अस्पताल सम्मको सेवा ठप्प पारेका हुन् । नस्रहरुको आन्दोलनका कारण राजधानीको वीर शिक्षण कान्ति प्रशुती गृह लगायत ठुला अस्पतालहरुको काम प्रभावित भएको छ । गत साउन १० गते भएको नीजि स्वाथ्य संस्थामा कार्यरत नस्रलाई सरकारी सरह तलब भत्ता दिने भदौ मसान्त भित्र स्वाथ्य मन्त्रालयमा नसर्िङ्ग महाशाखा खोल्ने लगायतका सहहमती कार्यान्यन नभएकाले आन्दोलनमा उत्रिनु परेको सघकी सचिव शान्ता राईले बताउनुभयो ।सघमा २६ हजार नस्रहरु आवद्ध रहेका छन् । जसमध्ये ३ हजार ५ सय मात्र सरकारी अस्पतालहरुमा कार्यरत रहेका छन् ।

छैठौ पटक मन्त्री मण्डल विस्तार

मन्त्रिपरिषद् ४२ सदस्यीय, सरकारले अझै पुर्णता पाउन सकेन
राजकुमार श्रेष्ठ, काठमाण्डौ, भदौ १७,
आज छैठौ पटक मन्त्री मण्डल विस्तार भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री ६ राज्य मन्त्री र १ सहायम मन्त्री थपेर मन्त्री मण्डल गर्नुभएको छ . अव मन्त्री मण्डल ४२ सदस्यीय भएको छ तर सरकार गठन भएको सय दिन पुगेपनि सरकारले अझै पुर्णता पाउन सकेको छैन . प्रधानमन्त्री नेपालले आज महिला वालवालिका तथा समाज कल्याण मन्त्रीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकवाट सर्वदेव ओझा र सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलाई विना विभागिय मन्त्रीमा नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्धयले आजै राष्ट्रपती कार्यालय सितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री नेपाल समक्ष सपथ लिनु भएको छ । वालवालिका मन्त्री ओझाले नेपालीमा सपथ लिनु भएको छ भने विना विभागिय मन्त्री कर्णले हिन्दी भाषामा सपथ लिनु भएको छ । प्रधानमन्त्री नेपालले आजै फोरम लोकतान्त्रिकवाट ४ राज्यमन्त्री र १ सहायक मन्त्री सद्भावनावाट १ राज्य मन्त्री र राष्ट्रिय जनशक्ति पार्टीााट १ राज्य मन्त्री नियुक्त गर्नु भएको छ । फोरम लोकतान्त्रिकवाट सत्रुध्ान कोइरी पर्यटन राज्यमन्त्री करिमा वेगम कृषि राज्यमन्त्री सजय शाह भौतिक योजना तथा निमार्ण राज्यमन्त्री र रामवच्चन अहिर महिला तथा बालबालिका राज्य मन्त्रीमा नियुक्त हुन भएको छ । सद्भवनावाट सरोज यादव आपुर्ती राज्यमन्त्रि तथा राष्ट्रिय जनशक्ति पार्टीका इन्द प्रसाद ढुङ्गेललाइ बिज्ञान तथा प्रबिधि राज्य मन्त्रीमा नियुक्त हुनु भएको छ । नवनियुक्त राज्यमन्त्री र सहयक मन्त्रीले आजै राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री नेपाल समक्ष सपथ लिनु भएको छ । यसैगरी फोरम लोकतान्त्रिकवाट कलावती पासवान भौतिक योजना तथा निमार्ण सहायक मन्त्रीमा नियुक्त हनु भएको छ । कसलाई सिफारिस गर्ने भन्ने टुङ्गो लाग्न नसकेपछि तराई मधेश लोकतान्त्रिक पार्टीले भने १ राज्य र १ सहयक मन्त्री सिफारिस गर्न सकेन जेठ ११ गते प्रधानमन्त्रीमा निर्वाचित नेपालले जेठ २१ असार ३ १० र १९ गते तथा साउन १४ गते गरि ५ पटकसम्म मन्त्रीपरिषद बिस्तार गर्नु भएको थियो ।

बाहिरबाट न्यायाधीश ल्याउने प्रावधानले दुर्घटना : कोइराला

विराटनगर, भदौं १७ नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले ससद र प्रान्तवाट सौझै न्यायाधिश नियुक्ती गर्ने प्रावधानले दुर्घटना निम्तने वताउनु भएको छ । आराम गर्न गृहनगर विराटनगर पग्नु भएको कोइरालाले विमानस्थालमा संाचारकर्मीसग कुराकानी गर्दै वाहिरवाट न्यायाधिश ल्याउने प्रावधानले देशमा दुर्घटना निम्तने वताउनु भयो । उहांले भन्नुभयोः- वाहिरवाट न्यायाधिश ल्याउने प्रावधानले दुर्घटना आउनेछ काग्रसले यस विषयमा आमल परिवर्तन ल्याउने सोचमा वनाउदैछ । उपराष्ट्रपति परमानन्द झाले अदालत अदालतको अपहेलना गरेको भन्दै सभापती कोइरालाले वाहिरवाट न्यायधिश ल्याउने राष्ट्रपती र उपराष्ट्रपती लगायतको विषयमा थपिएको अड्कोले देशमा दुर्घटनाको सम्भावना वढेको वताउनु भयो । सर्वोच्चका न्यायधिस भइसक्नु भएका उपराष्ट्रपति झाको व्यवहारले नराम्रो सन्देश गएको भन्दै उहाँले भन्नुभयो -ुमैले उहाँलाइ सर्वोच्चको इज्जत राख्न भनेको थिए तर मान्नुभएन । सभापती कोइराला दिन दिन गृहनगर विराटनगरमा रहनु हुने पारिवारिक श्रोतले जनाएको छ ।

Tuesday, September 1, 2009

सविधान ससोधनका लागि सदन सुचारु गर्न मधेशवादी दलहरुले गरेको आग्रह माओवादीद्धारा अस्विकार

उपराष्ट्रपतीले सविधान उल्लंघन गरेको काग्रेसको ठहर
राजकुमार श्रेष्ठ, काठमाण्डौ, भदौ १६, एकिकृत माओवादीले अन्तरिम सविधान ससोधनका लागि सदन सुचारु गर्न सत्तारुढ मधेशवादी दलहरुले गरेको आग्रह अस्विकार गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा माओवादी सचिव सचिव सिपि गजुरेलले राष्ट्रपतीको कदमका विषयमा छलफल गर्ने सर्तमा मात्र सदनको अवरोध हटाउने वताउनु भयो । उहांले भन्नुभयो ः- राष्ट्रपति र उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गरौं र सदन खोलौं भन्नुहुन्छ भने हामी तयार छौं । सविधान ससोधनका लागि मात्र सदन सचारु नगर्ने भन्दै उहांले सपथ प्रकरणले सरकारलाइ अप्ठ्यारो पारे पनि जनतालाइ केही फरक नपर्ने वताउनु भयो । राष्ट्रपति उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गर्न दलहरु तयार भए माओवादीले तत्काल सदनको अवरोध अन्त्य गर्ने जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलका प्रवत्ता नविन्द्रराज जोशीले माओवादीले सदन अवरुद्ध गरेर संविधान निमार्ण प्रकि्रयामा भाँजो हालेको आरोप लगाउनुभयो । कार्यक्रममा एमाले नेता प्रदिप ज्ञवालीले माओवादीले उठाएको नागरिका सर्वाेच्चता सरकारलाइ अप्ठ्यारोमा पार्ने कुरा मात्र भएको आरोप लगाउनुभयो । मधेस जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले संविधान संशोधन गरेर समस्याको निकास दिन माओवादीलाइ सदन खोल्न आग्रह गर्नुभयो । यसैविच सत्तारुढ नेपाली काग्रेसले सविधानको संरक्षक उपराष्ट्रपती परमानन्द झा स्वयमले सविधान उल्लंघन गरेको ठहर गरेको छ । काग्रेस प्रवत्ता अजुर्ननरसिह केसीले उपराष्ट्रपती झाले सर्वोच्च अदालतको फैसला मान्दिन भन्नु गलत भएको वताउनु भयो । काग्रेस पार्टी कार्यालय सानेपामा आज संाचारकर्मीहरुसग कुरा गर्दै प्रवत्ता केसीले उपराष्ट्रपतीले अदालतको फैसला नमाने कानुनी शासन लागु हुन नसक्ने वताउन भयो । न्यायपालीकाको फैसलालाई सवैले सम्मान गर्नु पर्ने उहांको जोड थियो ।

उपराष्ट्रपतिको सुविधा खोस्न परामर्श जारी : प्रधानमन्त्री

विराटनगर, भदौ १६, प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपती परमानन्द झालाई सरकारले उपलव्ध गराएको सेवा सुविधा खोस्न काननी परामर्श जारी रहेको वताउनु भएको छ । उपराष्ट्रपतीको सपथ प्रकरणले मुलुक समस्यामा परेको छ निकासको उपायको खोजि भइरहेको छ विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो ः- उहाले झण्डा पहराउनु भएको सुनेको छु कानुनी परामर्श अनुसार नै उपायको खोजीमा छु उपराष्ट्रपति र माओवादीका कारण मुलुक अप्ठ्यारोमा परेको भन्दै उहांले सवैलाई सहमत हने गरि तत्काल उपयुक्त निकास खोज्नु पर्ने बताउनुभयो । माओवादीले सत्ता कब्जाको योजना वनाएको भन्दै उहाले समानान्तर सत्ताको अभ्यास गरे दुर्घटना हुने चेतावनी दिनुभयो । माओवादीको व्यवहारका कारण कसैले पनि सहज महसुस गर्न नसकेको भन्दै उहाले माओवादी सुध्रनु आवश्यक रहेको बताउनुभयो । पछिल्लो समयमा सेना समायोजन विशेष समितिलाई पुर्णता दिएर माओवादीले अप्ठ्यारो फुकाउन सहयोग गरेकाको प्रधानमन्त्री नेपालको भनाई थियो । माओवादीले भनेजस्तो राष्ट्रिय सरकार वन्न नसक्ने भन्दै उहाले वर्तमान सरकारमा सहभागि हुनु माओवादीलाई आग्रह गर्नभयो । उहांले भन्नुभयो ः- माओवादी प्रतिपक्ष रहेपनि यो सरकार राष्ट्रिय सरकार नै हो र यसले आम निर्वाचन गरेपछि मात्र विश्राम लिन्छ ््< यसैविच नागरीक सर्वोच्चताको माग राख्दै आन्दोलनरत माओवादीका कार्यकर्ताले आज प्रधानमन्त्री नेपाललाई कार्यक्रम स्थलमै कालो झन्डा देखाएका छन् । उद्योग बणिज्य सघको कार्यालय भवन शिल्यान्याश गर्न सनसरीको सिहदेवि चोक पग्नु भएका प्रधानमन्त्री नेपालाई कार्यक्रम स्थलमा कालो झन्डा देखाएका हुन् । माओवादी कार्यकर्ताले इटहरीमा पनि कालो झन्डा देखाएका छन् । धरान जाने क्रममा माओवादीका कार्यकर्ताले इटहरी चोकमा कालो झन्डा देखाएका हुन् । माओवादीले हिजोदेखी प्रधानमन्त्री नेपालको सार्वजनिक कार्यक्रम वहिस्कार सुरु गरेको छ ।