Thursday, August 27, 2009

न्यायाधीशको नियुक्ति र कारबाही व्यवस्थापीकाबाट

काठमाण्डौ, भदौ ११, सबिधानसभा, न्याय प्राणली सम्बन्धी समितिले न्यायधिशहरुको नियुक्ती कारवाहि र वर्खास्ती व्यवस्थापिकावाट गर्ने प्र्रस्ताव वहुमतले पारित गरेको छ । सिहदरवारमा आज वसेको समितिको वैठकमा भएको मत विभाजनमा केन्द्र तथा प्रान्तका न्यायाधिशहरुको नियुक्ति कारवाहि र वर्खास्ती व्यवस्थापिकावाट गर्ने एकिकृत माओवादीको प्रस्ताव १९ का विरुद्ध २३ मतले पारित गरेको छ । माओवादी र मधेशवादी दलहरुले न्यायाधिशहरु व्यवस्थापिकावाट नियुक्ति गर्ने पक्षमा मतदान गरेका छन् भने काग्रेस एमाले त्यसको विपक्षमा छन् । यसअघि समितिले हिजो वहुमतले न्यायधिशहरुको चयन प्रान्तीय सयन्त्रबाट पनि गर्न सकिने प्रस्ताव वहुमतले पारित गरेको थियो ।

No comments:

Post a Comment