Wednesday, August 26, 2009

एड्ससँग सम्वन्धित ऐनको मस्यौदा छिटो तयार गर्न निर्देशन

काठमाडौं, भदौ १० । प्रधानमन्त्री माधवकुमार नेपालले एचआइभी एड्ससँग सम्वन्धित ऐनको मस्यौदा छिटो तयार गर्न निर्देशन दिनुभएको छ । दोस्रो राष्ट्रिय एड्स परिषदको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री नेपालले ऐन निर्माणमा ढिलाइ भएको भन्दै परिषदलाई अन्तिम मस्यौदा तयार गर्न निर्देशन दिनुभएको हो । ऐनका लागि एक बर्षदेखि तयारी भएपनि अझै बन्न नसकेकोमा चासो व्यक्त गर्दै प्रधानमन्त्री नेपालले मन्त्रिपरिषदले पास गरेर त्यसलाई संसदले छिटो पारित गर्नुपर्नेमा जोड दिनुभयो । एड्स जस्तो संवेदनसील बिषय सम्वोधन गर्ने परिषदको बैठक सात बर्षसम्म बस्न नसक्नु दुःखद भएको बताउँदै उहाँले बैठकै नबस्ने र बैठक बसेर पनि कामै नगर्ने दुवै प्रवृत्तिबाट जोगिएर परिषदले एचआइभी एड्स नियन्त्रणमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री नेपालले एचआइभी एड्स नियन्त्रण र रोकथामका लागि दातृ निकाय र संघ-संस्थाहरुले पुर्‍याएको सहयोगप्रति धन्यवाद पनि दिनुभयो ।

No comments:

Post a Comment