Friday, August 28, 2009

उपराष्ट्रपतिद्वारा सर्वोच्चमा पुनरावेदन

राजकुमार श्रेष्ठ, काठमाण्डौ, १२ भदौ, उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा लिएको सपथ खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिनु भएको छ । सर्वोच्चले गत साउन ९ गते सुनाएको फैसला अन्तरिम सविधान २०६३ र प्रचलित कानुनी मान्यता विपरित भएकाले वदरको माग गर्दै उपराष्ट्रपती झाले महान्यायाधिवत्ताको कार्यालय मार्फत पुनरावलोकनको निवेदन दिनु भएको छ । निवेदनमा मातृ भाषामा सपथ लिन पाउनु पर्ने माग गरिएको उपराष्ट्रपतींका कानुनी सल्लाहकार मिथलेश कुमार सिहले जानकारी दिनुभयो । सर्वोच्चले गत साउन ९ गते उपराष्ट्रपतीले हिन्दीमा लिएको सपथ खारेज गरेको थियो । यस्तै ७ दिनभित्र नेपालीमा पुन सपथ लिन सर्वोच्चले दिएको आदेशको पुनरावलोकन गर्न उपराष्ट्रपती झाले दिनु भएको निवेदन भने दरपिठ भएको छ । अदालतको आदेशमाथी पुनरावलोकन नमिल्ने भएकाले पुनरावलोकनको निवदेन खारेज गरिएको सर्वोच्चका सह प्रवत्ता हेमन्त रावलले जानकारी दिनुभयो । साउन ९ गतेको फैसला कार्यान्वयन भएको भन्दै परेको अधिकारपृच्छा रिटमा सर्वोच्चले भदौ ७ गते आईतवार ७ दिन भित्र नेपाली भाषामा पुन सपथ लिन आदेश दिएको थियो भने सपथ नलिए स्वत पदमुक्त हुने फैसला सुनाएको छ ।

No comments:

Post a Comment