Wednesday, November 25, 2009

नेपालमा फुटबलभन्दा क्रिकेट लोकप्रिय : डायस

दुबई, मंसिर १० नागरिक - नेपाली क्रिकेट टोलीका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपालमा लोकप्रियतामा क्रिकेटले फुटबललाई नाघेको बताएका छन्।एसिसी ट्वान्टी-२० कपका क्रममा खालीज टाइम्सलाई अन्तर्वार्ता दिंदै डायसले जुनियर स्तरमा नेपाली क्रिकेटले पाएको सफलताले यसलाई लोकप्रिय बनाएको बताए।प्रशिक्षकका रूपमा आफ्नो आठ वर्षे कार्यकालमा डायसले विशेषगरी उमेर समूहमा नेपाललाई सफलता दिलाएका छन्।
सन् २००२ मा न्युजिल्यान्डमा भएको १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो। प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुग्ने क्रममा नेपालले पाकिस्तान र बंगलादेशजस्ता टेस्ट स्तरप्राप्त राष्ट्रलाई पराजित गरेको थियो। फाइनलमा भने नेपाल जिम्बाबेबाट पराजित भएको थियो।त्यसबाहेक नेपाल कराँचीमा सम्पन्न एसिसी युथ एसिया कप जितेर सन् २००४ को युवा विश्वकपका लागि छनोट भएको थियो। त्यस्तै सन् २००६ मा श्रीलंकामा भएको युवा विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियनसिप उपाधि जितेको थियो।'हामीले १५ र १७ वर्षभन्दा कम उमेरका खेलाडीको प्रतियोगिता लगातार चार पटक जित्नुका साथै चार वटै युवा विश्वकप (१९ वर्षमुनि) मा छनोट भएर तीन पटक प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुगेका थियौं,' प्राविधिक रूपमा सटिक मानिएका ब्याट्सम्यानमध्येका ५७ वर्षीय डायसले भने।श्रीलंकाले दिएको उत्कृष्ट कभर क्षेत्रका क्षेत्ररक्षक डायसले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा क्रिकेट अस्ट्रेलिया लेभल प्रशिक्षकमा छनोट हुनुका साथै इङ्लिस बोर्डको चौथो स्तर पनि पार गरेका छन्।तर डायसले जुनियर स्तरको सफलता राष्ट्रिय स्तरमा परिणत गर्न सकेका छैनन्। यसका लागि उनी नियमित प्रतियोगिता र भौतिक पूर्वाधारको कमी मुख्य कारक बताउँछन्।'नेपालमा प्रतिभाको कमी छैन। तर त्यहाँ स्कुल क्रिकेट छैन भने क्लब क्रिकेटको पनि पर्याप्त मात्रामा अभाव छ। त्यहाँ क्रिकेटका लागि ६ वटा क्षेत्रको निर्धारण गरिएको छ। प्रत्येक राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट मैले प्रशिक्षण सिविरका लागि लगभग ३० खेलाडी छनोट गर्ने गर्छु। त्यहीबाट १४ जनाको छनोट हुन्छ,' पाँच वर्षसम्म श्रीलंकाको राष्ट्रिय छनोट समितिमा रहेका डायसले भने।'हामीसँग प्रशिक्षण सुविधा भएको एउटा मैदान छ। मुख्य कुरा नेपालमा ठूलो स्तरको प्रतियोगिता छैन। क्रिकेट विकासका लागि उनीहरूले बाहिर गएर धेरै खेलको अनुभव लिनुपर्छ। उनीहरूलाई 'एक्सपोजर' को खाँचो छ,' उनले भने।कुनै पनि भ्रमणअघि श्रलिंका, भारत, पाकिस्तान र बंगलादेशले सहयोग पुर्‍याउँदै आएका छन्। यस प्रतियोगिताअघि पनि नेपाली टोलीलाई दिल्ली क्रिकेट संघले निम्त्याएको थियो।पछिल्लो २० वर्षदेखि कोलम्बोमा आफ्नै क्रिकेट स्कूल सञ्चालन गर्दै आएका डायसले आगामी मार्चमा आफ्नो अनुबन्धन समाप्तिपछि आफ्नै भूमिमा फर्कने बताए।'म श्रीलंका फर्कन चाहन्छु। त्यहीं मैले क्रिकेट सिकेर प्रशिक्षण दिन थालेको हुँ। यदि श्रीलंकालाई मेरो आवश्यकता भए म निश्चित रूपमा त्यहाँ हुनेछु,' सन् १९९९ को विश्वकपका लागि श्रीलंकाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका डायसले भने।डायस टेस्ट क्रिकेटले ट्वान्टी-२० स्वरुपको चुनौतीलाई सामना गर्ने बताउँछन्। 'परम्परा भनेको टेस्ट क्रिकेट हो। त्यसपछि एकदिने क्रिकेट हो। ट्वान्टी-२० त दर्शक र प्रायोजकलाई आकर्षित गर्न हो,' डायसले भने।'ट्वान्टी-२० मा नयाँ शैलीको शट खोज्नुपर्छ। त्यसमा रनरहित बल निकै कम हुन्छ। टेस्ट क्रिकेटमा भने निकै फरक हुन्छ। खराब बल खेल्नका लागि कतिपय बल छाड्नुपर्छ।'शारजहाँ क्रिकेट रंगशालामा डायसको सुखद सम्झना छ। सन् १९८४ मा पाकिस्तानविरुद्ध अविजित ६९ रन हिर्काएका उनी म्यान अफ द म्याच भएका थिए। उनले आफ्नो खेलजीवनको उत्कृष्ट प्रदर्शनका रूपमा तीन वटा सतकलाई लिएका छन्। जुन भारत, पाकिस्तान र न्युजिल्यान्डका उत्कृष्ट बलरविरुद्ध खेल्दै बनाएका थिए। 'मैले सम्झने अर्को इनिङ भनेको चेन्नईमा भएको श्रीलंकाको दोस्रो टेस्ट हो, जसमा मैले ९७ रन बनाएको थिएँ,' डायसले सम्भि्कए।'तुलना गर्न निकै कठिन हुन्छ। किनभने हामीले सुरु गर्दा टेस्ट म्याचहरू कम हुने गर्थे। अहिले भने निकै बढी क्रिकेट भइरहेको छ। यो एक दिनका लागि त ठिकै हो, तर कहिलेसम्म भन्ने प्रश्न छ,' डायसले भने। उनले जम्मा २० टेस्टमा श्रीलंकाको प्रतिनिधित्व गरे पनि ३९ वर्षको उमेरसम्म खेलेका थिए।

Wednesday, September 23, 2009

एमालेद्धारा दलहरुसग वार्ता गर्न वार्ता टोली गठन

काठमाण्डौ, असोज, ७, सत्तारुढ न्ोकपा एमालेले राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुसग वार्ता गर्न ७ सयस्यीय वार्ता टोली गठन गरेको छ । एमाले स्थायी समितिको आज वसेको वैठकले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा गठन गरेको वार्ता टोलीमा युवराज ज्ञवाली प्रदिप ज्ञवाली केशव बडाल रामचन्द्र झा उर्मिला अर्याल र पर्शुनिधि गुरुङ सदस्य रहनु भएको छ । वैठकले जनकपुर अाचलको धनुषा महोत्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउने जिम्मा उपाध्यक्ष वामदेव गौतमलाई दिएको छ । विभिन्न जिल्लामा देखिएको विवाद समाधानको उपाय खोज्न नेता केशव वडालको संयजोजकत्वमा गठित कार्यदलको सझावका आधारमा विवाद समाधन गर्ने जिम्मेवारी गौतमलाई दिइएको उपाध्यक्ष असोक राईले जानकारी दिनभयो ।स्थायी समिति वैठकले केशव वडालको संयोजक रहेको ११ सदस्यीय नेपाली वर्ग विश्लेषण सम्बन्धी कार्यदल पनि गठन गरेको छ ।

असोज २१ गतेसम्म सहमती नभए सरकार ढल्छ प्रचण्ड

पाल्पा, असोज, ७, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज २१ गतेसम्म सहमति नबने वर्तमान सरकार ढल्ने बताउनु भएको छ । गतिरोध अन्त्यका लागि दलहरुविच सहमती नभए वजेट पारित हुन नदिने भन्दै उहांले ससद सुचारु हुनु अगावै सहमती नभए सरकार ढल्ने वताउन भयो । मगरात राज्य समितिले पाल्पाको तानसेनमा आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकार विरुद्ध अविश्वासकेा प्रस्ताव पनि लान समिने वताउन भयो । शान्तिपूर्ण तरिकाले निकाश निस्कियोस भन्ने आफूहरुले चाहेको उल्लेख गर्दै उहाले सहमतीका लागि सत्तारुढ दलहरु गम्भीर नभएको आरोप लगाउन भयो । सेनापति राष्ट्रपतिले प्रकरणमा चालेको कदम सच्चिनुपर्ने भन्दै उहांले एमालेको बहुमत र कांग्रेसका केही सदस्य राष्टपतीले गलत गरेको भन्ने पक्षमा रहेको वताउन भयो । रोल्पा जाने क्रममा परिवारका सदस्यहरुसग पाल्पा पुग्नु भएका प्रचण्डले माओवादी युद्धको वेलामा ध्वस्त पारिएको निर्माणाधिन भवनको अवलोकन तथा श्रीनगर डाडामा निर्माणाधिन भ्यू टावर तथा तानसेनकै धवल पुस्तकालयको पनि अवलोकन गर्नु भएको थियो ।

अव लडाईको थलो काठमाण्डौ वावुराम

ललितपर, असोज, ७ , एकिकृत माओवादीका उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले जनगणतन्त्रको निर्णायक लडाईको थलो काठमाण्डौ उपत्यका हुने बताउनु भएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आज ललितपुरमा गरेकेा कार्यक्रममा उपाध्यक्ष डाक्टर भट्टराईले केन्द्रिय सत्ताको लागि अब हुने लडाईको थलो काठमाण्डौ उपत्यका हुने बताउनु भयो । प्रतिगामी शक्तिहरु ग्ोालवन्द हुदैँ गएको भन्दै उहांले अग्रगामी र प्रतिगमनकारी शक्ति बिच भिषण मुठभेडको तयारी भइरहेको बताउनु भयो । जातिय आधारमा संघहरु निमार्ण गर्दा देश टुक्रन्छ भन्ने काँग्रेस सभापती गिरिजाप्रसाद कोइरालाको भनाई खण्डन गर्दै उपाध्यक्ष डाक्टर भट्टराईले काँग्रेसमा अझै पनि पृथ्वीनारायण शाहको पालाको चिन्तन हावी रहेको टिप्पणी गर्नुभयो ।

सविधान निमार्ण मुख्य एजेण्डा खनाल

काठमाण्डौ, असोज, ७, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको नेतृत्व भन्दा सविधान निमार्ण आफ्नो दलकेा मुख्य एजेण्डा भएको बताउनु भएको छ । आइक्यापको साधारणसभामा भाग लिन काजकिस्तान जाने क्रममा त्रिभुवन विमानस्थलमा संाचारकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले सविधान निमार्ण गर्न प्रमख दलहरु एक जुट भए सरकारको नेतृत्व जसले गरेपनि फरक नपर्ने वताउनु भयो ।सरकार ढल्ने र नढल्ने विषय बेकारको भएको भन्दै उहांले भन्नुभयोः-हामी सरकारको नेतृत्व कसले गर्ने र कस्तो सरकार बनाउने भन्ने विषयलाई मुख्य ठान्दैनौ । गतिरोध अन्त्यका लागी दलहरुबिच छलफल तिव्र बनाउनुपर्ने भन्दै उहांले तिहार लगतै आन्दोलन चर्काउने माओवादी चेतावनीले कुनै अर्थ नराख्ने बताउनु भयो । सरकार ढाल्ने र नढाल्ने ढल्ने र नढल्ने बेकारको हौवा मात्र हो खनालले भन्नुभयो ः- यस्ता हैवाको पछि लाग्नु जरुरी छैन । भोलि देखि ३ दिन सम्म चल्ने आइक्यापको साधारणसभाका क्रममा अध्यक्ष खनालले विभिन्न देशका नेताहरुसंग मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान निर्माण तथा जारी शान्ति प्रकि्रया लगायतका विषयमा छलफल गर्नु हुनेछ ।

शान्ति सेनालाई निरन्तरता दिने नेपालको प्रतिबद्धता

अमेरिका असोज ७ नेपालले राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यक्रममा शान्ति सेना तथा प्रहरी पठाउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपती बाराक ओवामाद्धारा आयोजित शान्ति स्थापना कार्यक्रममा सेना तथा प्रहरी पठाउने विश्वका १० प्रमुख देशको वैठकमा सम्वोधन गर्दै प्रधानमन्त्री माधवकुमार शान्ति सेना तथा प्रहरी पठाउने कार्यलाई नेपालले निरन्तरता दिने वताउन भयो । साथै उहांले शान्ति सेनाको डफ्फालाई आवश्यक पर्ने वन्दोवस्ती सामानको सहयोग पाएमा नेपालले शान्ति सेनाको संख्या वढाउने सक्ने वताउन भयो । उहांले शान्तिसेनामा योगदान गर्ने राष्ट्रहरुलाई थप बन्दोवस्तीय समर्थन र तालीम प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । शान्ति कार्यलाई जगेर्ना र पुनर्निमाणको कार्यसंग राम्ररी मिलाउन नसकेसम्म ¢न्¢को पुनराबृत्ति हुने र अझ जटिल अवस्था आउन सक्ने संभावना रहने भन्दै प्रधानमन्त्री नेपालले सरोकारवालाहरु वीच कार्यगत एकता आवश्यक रहेको वताउनु भयो ।

Sunday, September 20, 2009

सेनाले सदवै नागरिक सर्वोच्चताको सम्ान गरेको छ ः- प्रधानमन्त्री

भक्तपुर, ४, असोज, प्रधानमन्त्री माधाव कुमार नेपालले नेपाली सेनाले सदैव नागरिक सर्वोच्चताको सम्मान गर्दै आएको वताउनु भएको छ । सैनिक तालिम केन्द्र भक्तपुर खरीपार्टीमा आज आयोजित अधिकृत आधारभुत तालिमको समापन कार्यक्रममा प्रधानमन्त्री नेपालले इतिहासका विभिन्न काल खन्डमा सेनाले नागरिक सर्वोच्वतालाई आत्मासात गरेको वताउनु भयो । साथै प्रधानमन्त्री नेपालले राष्ट्रियता र सार्वभौमसत्ताको सरक्षण गर्ने जिम्मेवारी सेनाको काधमा आएको वताउन भयो । सेना जननिर्वाचित सरकारको मातहतमा रहेको भन्दै उहांले इमान्दारी पर्वक राष्ट्र र जनताको पक्षमा काम गर्न पनि निर्देशन दिनु भयो । सेनाको परिचय भन्नु नै अनुशासन भएकेा भन्दै उहांले भन्नुभयो ः- भविश्यमा चुनौती र व्यवधान आउन सक्छन तनमनले राष्ट्रको सेजा गर्नुहोस । विश्व शान्ति स्थापनामा सेनाले खेलेको भुमिका राष्ट्रको लागि गौरवको विषयमा भएको भन्दै प्रधानमन्त्री नेपालले अनुशाशित भएका काम गर्न तथा मावनअधिकार उलंघनका घटना हन नदिन पनि निर्देशन दिनुभएको छ । कार्यक्रममा प्रधानमन्त्री नेपालले सेनाका अधिकृत आधारभुत तालिम सम्पन्न गरेका १ सय ८१ जनालाई आयुक्त पद प्रदान गर्नुभएको थियो ।